Websoft University

महानगरपालिकाको संयुक्त लगानीमा १ सय नमुना आवास गृह बनाइने


विराटनगर,फागुन २० गते । रातो तारा डट कम,नेपाल सरकार र विराटनगर महानगरपालिकाको संयुक्त लगानीमा विराटनगर स्थित वार्ड ५ मा १ सय नमुना आवास गृह बनाइने भएको छ । 
स्थानीय शंकरवारी चोक केशलीया नजिक रहेको झण्डै २ विगाह क्षेत्रफलमा आवास गृह बनाइन लागेको हो । सुकुम्वासी तथा विपन्न परिवारका लागि आवास निर्माण कार्यक्रमको आज शिलान्यास गरिएको छ ।
शिलान्यास कार्यक्रममा संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री लालवावु पण्डितले तीनै तहका सरकारहरु देश निर्माण सहित समृद्धिको बाटोमा हिडेरहेको बताए । उनले भुमीहिन र विपन्न वर्गका समुदायको जीवन स्तर उठाउँन सरकार कटिवद्ध भएर लागेको बताए । संघीय,प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि केही गरौ भन्ने भावनाकासाथ काम गरिरहेको दावी गरे । तराइ,मधेस समृद्धि कार्यक्रमले समेत गतिलिएको र चाढैनै जनताले राहत पाउँदै जाने मन्त्री पण्डितले बताए । उनले विराटनगरमा भइरहेका विकास निर्माणका कामहरु सन्तोषजनक रुपमा अगाडी बढीरहेको बताए । आफु सम्लग्न भएर महानगरका मेयरको अगुवाइमा भएका सवै कामले पूर्णता पाउने दावी समेत गरे । 
प्रदेश नं.१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले जन अपेक्षा अनुरुपका कामहरु हुदै गएको बताए । राज्यले जग्गा र धनीपुर्जा बाढ्ने भन्दा पनि निश्चित वर्ग र समुदायकाव्यक्तिहरुलाई आवासको व्यवस्था गर्नु पर्नेमा जोड दिए ।
विराटनगर महानगरका मेयर भीम पराजुलीले आफ्ना कार्यकालमा थालनी भएका शिलान्याससहित जनहितका कार्यक्रम आफ्नै पालामा सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको बताए । उनले विराटनगरको वार्ड नं. १९ र ५ का सुकुम्वासी र विपन्न वर्गको हितकालागि गरिएको कार्यमा सहयोग गर्न आग्रह गरे ।
आवास निर्माणका लागि ह्यावीटेट फर ह्युमानिटी इन्टरनेसनल नेपाल,उद्योग संघठन मोरङ,मोरङ ब्यापार संघलगायतको समेत सहभागिता रहने छ । नेपाल सरकारको २ करोड ,ह्यावीटेट नेपालको १ करोड ५० लाखको सहयोग रहने छ भने उद्योग संघठन मोरङ र मोरङ ब्यापार संघले २० वटा घर बनाउनेछन् ।
कार्यक्रममा प्रदेश सभा सदस्य तथा कांग्रेस सचेतक केदार कार्की , नेपाली कांग्रेसका सचिव नागेश कोइराला ,नेकपाका ऋषिकेश पोखरेल, मोरङ ब्यपार संघका अध्यक्ष पवन सारडा, उद्योग संगठनका अध्यक्ष भीम घिमिरे,वार्ड नं. ४ का वडाध्यक्ष देवेन्द्र पोखरेल, वार्ड नं. ५ का वडाध्यक्ष मीनकुमार आचार्य ,नेपाली कांग्रेस नगर कार्यवाहक सभापति अरुण न्यौपाने,नेकपाका नगर अध्यक्ष सागर थापालगायतले बोलेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.