काठमाण्डौं,फागुन २० गते । रातो तारा डट कम,बैँकबाट ऋण निकाल्नका लागि घुस लिएर बिचौलियाको काम गर्ने पर्साका दुई प्रधानाध्यापकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, छिपहरमाईका प्रधानाध्यापक प्रभु गिरी र रेडक्रस प्राथमिक विद्यालय मुडली फूलवरिया, पर्साका प्रधानाध्यापक अब्बास मियाविरुद्ध मुद्दा दायर गरेको हो । नेपाल बैङ्क लिमिटेड, श्रीपुर शाखा वीरगञ्जबाट कृषि ऋण मिलाइदिने भन्दै घुस लिइरहेका उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको माग दाबी गरेर मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दङ्गालले बताउनुभयो ।
घुस लिइसकेको अवस्थामा रेडक्रस प्राविका प्रधानाध्यापक मियालाई अखितयारको टोलीले पक्राउ गरेको
थियो । उनले पटक पटक गरी ४० हजार घुस लिइसकेका थिए । मिया १२ हजार घुस लिँदालिँदै पक्राउ परेका
हुन् । उनले नेराप्राविका प्रअ गिरीसहितको मिलोमतोमा घुस लिएका खुलेको छ । उनीहरुविरुद्ध ५२ हजार बिगो माग दाबीसहित मुद्दा चलाइएको हो ।
Post a Comment