बिराटनगर,चैत ५ गते । रातो तारा डट कम,बाल मजदुरका बिषयमा काम गर्ने एक्रीत हातेमालो समाजले आज बिराटनगरमा बाल मजदुर मुक्त श्रम मैत्री ईट्टा उधोग स्थानीय शासन र नीति बिषयक प्रदेश स्तरीय (बेटर ब्रिक नेपाल) गोष्टी को आयोजना गर्यो ।
कार्यक्रमका प्रमुख अतिथि तथा १ नम्वर प्रदेशका सामाजिक बिकास मन्त्री माननीय जीवन घिमिरेले कार्यक्रम उद्घघाटन सत्रलाई सम्वोधन गर्दै, अहिले बिराटनगर महानगरपालिका बाल श्रम मुक्त घोषणा भइसकेको छ र अरु यस प्रदेशका गाउपालिका नगरपालिकाहरु समेतलाई समेटदै सिङ्गो प्रदेशलाईनै बाल मजुर मुक्त प्रदेश बनाउनु पर्ने बताउनु भयो ।
यसो गर्नलाई प्रदेश सरकारले अहिले कानुनहरु निर्माणका लागि छलफलहरु चलाइरहेकोले प्रदेश भित्रका उधोग व्यवसाय कलकारखाना, ईट्टाउधोगहरुका बालमजुरहरुलाई लक्षि गर्दै कार्यक्रम बनाएर बालमजदुर मुक्त प्रदेश घोषणा गर्नु पर्ने धारणा मन्त्रीले राख्नु भएको
थियो ।
जिल्ला समन्वय समिति मोरगका संयोजक नरेस पोखरेलले आफना धारणाहरु राख्दै अहिले सुनिने कुराहरुमा कति तथ्य हुन्छन तिनलाई पनि केलाएर बाल श्रम मुक्त ईट्टाउधोग,बनाउदै उत्पादनमा सुधार गर्नु उचित रहने बताउनु भयो ।
बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले समय अनुसार बाल श्रम सबै क्षेत्रबाट हटाउनु पर्ने धारणा राख्नु भएको थियो ।
पुर्व सासद तथा मोरग व्यपार संघका अध्यक्ष पवन सारडाले अहिले सरकारका तीनै तहले उधोग व्यवसायीहरु माथि जथाभाबी कर लगाउने गरिएकोछ त्यसो हुनु भएन सुधार गर्नु पर्यो भन्नु भयो ।
कोशी ईट्टाउधोग व्यवसायी संघका अध्यक्ष महेन्द्र साहले अहिले इट्टाउधोगहरुमा बाल मजदुर नभएको भन्दै हाल यहाँ १ हजार ४० उधोगहरु दर्ता भएकाले केहि दर्ता नभएका समेत छन । १० वर्ष पहिला इट्टा भारतबाट ल्याइन्थ्यो भने आज ईट्ट उत्पादनमा नेपाल आत्मानिर्भर भइसकेको बताउनु भयो ।
अहिले एक इट्टाउधोगमा करिव ३ सय मजदुर काम गर्दैछन भने १४ सय सन्चालित उधोगहरुमा करिव ४ लाख मजदुरलेकाम गर्दैआएको धारणा राख्नु हुदै बाल श्रम नभएको जिकिर समेत गर्नु भयो ।
कार्यक्रममा बिभिन्न वक्ताहरुले बोल्नु भएको थियो । एक्रीत हातेमालोका अध्यक्ष तथा कार्यक्रमका सभापति डिल्लीराम गिरीले आफना धारणहरु राख्दै, इट्टाउधोगमा बाल मजदुर बाल श्रम मुक्त बनाउन हामीले हरप्रयास गरिरहेकाले अहिले पहिला जस्तो उधोगहरुमा बाल मजदुर छैनन् भन्नु भयो ।
हाम्र यो निरन्तर प्रयासबाट छिटै बाल मजदुर सडक बाल बालबालिकाशरु मुक्त क्षेत्र बनाउने अभियानमा आफुहरु जुटी सकेको बताउनु भयो । कार्यक्रममा सुस्कम पोखरेले स्वागत मन्त्व्य दिनु भएको थियो । कार्यक्रम पहिलो र दोस्रो सत्र चल्ने बताईएकोछ ।
Post a Comment