बिराटनगर फागुन १७ गते । रातो तारा डट कम,१ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र, रानीमा प्रहरी जवान आधारभुत तालिम १३६ औं समूहको आज दिक्षान्त समारोह सम्पन्न भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालको प्रमुख आतिथ्यतामा प्रहरी जवान आधारभूत तालीम १३६ औं समूहको दिक्षान्त समारोह सम्पन्न भएको हो ।
मिति २०७५ जेष्ठ २६ गते देखि मिति २०७५ साल फाल्गुन १६ गते सम्म संचालन भएको प्रहरी जवान आधारभूत तालिममा १३५ जना प्रशिक्षार्थी प्रहरी जवान दिक्षित भएका हुन् । कार्यक्रममा तालिम अवधि भर लिईएको चरणगत परिक्षाको प्राप्ताङका आधारमा विभिन्न १० विधामा उत्कृष्ट भएका प्रशिक्षार्थीहरु लगायत प्रशिक्षणमा संलग्न उत्कृष्ठ ३ जना प्रशिक्षकहरुलाई कार्यक्रमका प्रमुख अतिथी १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख केदार रिजालले प्रमाणपत्र तथा नगद पुरस्कारद्वारा पुरस्कृत गर्नु भएको थियो ।
पुरस्कार बितरण पश्चात कार्यक्रममा बोल्नु हुदै वहाँले स्वेच्छाले प्रहरी सेवा रोज्ने दिक्षित प्रहरी जवानहरु र प्रहरी संगठनमा आबद्ध हुन उत्प्रेरीत गर्नु हुने उनीहरुका परिवारजनहरुलाई धन्यवाद दिनु हुदै करिव १० महिना अवधिमा तालिम केन्द्रमा सिकेका ज्ञान सिपहरु प्रहरी जीवनको आधारभूत र अमुल्य नीधि भएकाले सिकेका व्यवसायिक ज्ञानहरुलाई जिवनको हरेक मोडमा मार्गदर्शनको रुपमा स्मरण गर्न अनुरोध गर्नु भयो। निर्देशनकै क्रममा वहाँले आ आफ्नो कार्य क्षेत्रमा राम्रा-नराम्रा, तिता मिठा, शुभ-अशुभ धेरै कुराहरु र परिस्थितीको सामना गर्नु पर्ने भएकोले आफ्नो ब्यबसायिक जिम्मेवारी , उत्तरदायित्व र जवाफदेहिता बहन गर्दे असल प्रहरी बनेर जनताको मन जित्ने कार्यहरु गर्न समेत निर्देशन दिनुभयो ।
दिक्षान्त समारोहमा प्रशिक्षार्थीहरुलाई तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक सहकुल बहादुर
थापाले शव्द बाचनद्वारा शब्दमा सपथ ग्रहण गराउनु भएको थियो । उक्त समारोहमा बरिष्ठ प्रहरी अधिकृतहरु, प्रदेश स्तरीय अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, उद्योगी ब्यवसायिहरु, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, पूर्व प्रहरी कर्मचारीहरु, दिक्षित भएका प्रशिक्षार्थी प्रहरी जवानहरुका परिवारजनहरु, पत्रकारहरु, जुनियर प्रहरी अधिकृत तथा प्रहरी जवानहरु गरी करिव ५०० जना भन्दा बढिको उपस्थिति रहेको थियो।
Post a Comment