Websoft University

महिलाहरलाई आत्मानिर्भर बनाउकालागि सीपमुलक तालिमको उदघाटन


मोरङको सुन्दरहरैचा नगरपालिका-७ गोठगाऊँमा ३ महिने सिलाई कटाई साथै १ महिने गुडिया तथा कुसन तालिमको उद्घाटन भएको छ।सिलाई कटाई एड्भान्स तथा गुड़िया कुसन तालिम उपभोक्ता समिति द्वारा आयोजित साथै सुन्दरहरैचा नगरपालिकाको सहयोगमा भएको उक्त तालिमको उद्घाटन सुन्दरहरैचा नगरपालिका वडा नं ७ स्थित गोठगाऊँमा भएको थियो।

कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाकी उपमेयर धन माया तमाङको प्रमुख अतिथ्यता रहेको थियो भने सिलाई कटाई एड़्भान्स तथा गुड़िया कुसन तालीम उपभोक्ता समितिको अध्यक्ष बिमला अधिकारीको अध्यक्षता रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथी उममेयर तमाङले महिलाको क्षमता बिकास गर्ने उद्देश्यले गरिएको यस कार्यक्रमले महिलालाई आत्मा निर्भर बनाउन सहयोग पुग्ने बताउनुभएको थियो ।कार्यक्रममा अध्यक्ष अधिकारीले बढ्दो बेरोजगार जस्तो समस्यालाई मध्यनजर गर्दै महिलाको लागि रोजगारी मुलक कार्यक्रम ल्याइएको बताउदै महिलालाई रोजगारी प्रधान गर्न यस तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको थियो।

त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथि सुन्दरहरैचा नगरपालिकाका कार्यलय प्रमुख राजेन्द्र भट्टराई ,अतिथि सुन्दरहरैचा नगरपालिका वार्ड नं ७ का वार्ड अध्यक्ष चैतन्य सिटौला लगायतले तालीममा सहभागी महिलाहरुलाई सुभकामना व्यक्त गर्नुभएको थियो।

उक्त तालिममा सुन्दरहरैचा ७ नं वडा बाट गुड़िया कुसनको लागी ४० जना साथै सिलाई कटाईका लागी ३४ जना गरी जम्मा ७४ जना महिला तालिममा सहभागी रहने कुरा आयोजकले बताएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.