Websoft University

आज महाशिवरात्री, देशैभरका शिवालयमा दर्शनार्थीको घुइँचो


काठमाण्डौ,फागुन २० गते । रातो तारा डट कम,आज महाशिवरात्री पर्व, पासुपत क्षेत्र म़ा भीडछ,  शिवको पूजा अर्चना गरि मनाइँदैछ । भगवान शिवको उत्पत्ति भएको  स्मरणमा शिवरात्रि मनाइने गरिन्छ। फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वमा श्रद्धालुहरुले भगवान शिवको विशेष पूजा अर्चना गर्ने गर्छन् ।

महाशिवरात्रीका दिन आज भक्तजनहरू शुद्ध भई देशभरका शिवालयहरुमा पूजा अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको र शिव पार्वतीको विवाहको दिन भएको स्मरणमा शिवरात्री पर्व मनाउनका लागि काठमाडौंको पशुपतिनाथको मन्दिर सहित देशैभरका शिवालयहरुमा स्वदेशी था विदेशी दर्शनार्थीहरूको घुइँचो लागेको छ ।

यसैबीच, महाविशरात्रीको अवसरमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वलाई लक्ष्य गरी ट्राफिक व्यवस्थापन मिलाएको छ । महाशाखाले दर्शनार्थीलाई सहज रुपमा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाएको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.