श्याम राई-गाईघाट,फागुन,२२ गते । रातो तारा डट कम, उदयपुरको कटारी बजारमा बुधबार बिहान मालवाहक ट्रकको ठक्करबाट बालकको मृत्य भएपछि स्थानीयबासी आन्दोलित भएकाछन् ।
सिद्धिचरण राजमार्गअन्र्तगतको कटारी–घुर्मि सडकखण्डको कटारीस्थित हस्पिटलचौकमा ना.४.ख.८८९८ नम्बरको मालवाहक ट्रकको ठक्करबाट कटारी नगरपालिका ५ का दिलबहादुर राईका साढेँ ४ बर्षका छोरा मौसम राईको मृत्य भएपछि स्थानीयहरु पसल गरेर आन्दोलनम उत्रिएका छन् । स्थानीयको आन्दोलनको कारण नगरक्षेत्रका अधिकांश पसल बन्द भएका छन् ।
बालकको मृत्युपछि प्रहरीले ट्रक चालकको वचाउ गरेको भन्दै स्थानीयले मृतक बालकको शब मुख्य सडकमा राखेर प्रदर्शन गरेका छन् । आफन्तहरुले चालकको लापरवाहीका कारण बालकको ज्यान गएको भन्दै चालकलाई कडा कार्वाहीको माग गरेका छन् ।
प्रहरीले घटनास्थलको प्रमाण लुकाउनका लागि माटोले पुर्ने लगायतका काम गरेपछि आफुहरु आन्दोलित भएको स्थानीय हिरा दनुवारले बताए ।
स्थानीयले सिद्धिचरण राजमार्ग केहि घण्डा अवरुद्ध गरेपनि दिउसोदेखि यातायत सुचारु भएको छ । सडक सुचारुका लागि कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयविच बैठक बसेपनि ट्रकधनी सम्र्पक वाहिर रहेकाले निष्र्कषमा पुर्याउन नसकिएको स्थानीय शत्रुधन कार्कीले बताए ।
व्यापारिक सामान लिएर कटारीबाट सोलुखुम्बु जादैगरेको ट्रकले दिउसो ११ बजे सडकमा हिड्दै गरेको बालकलाई ठक्कर दिएको थियो । घटना लगत्तै ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान प्रकृया अघि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चन्द्रदेव राईले जानकारी
दिए । घटनास्थल सदरमुकाम गाईघाटदेखि ७७ किलोमिटर पश्चिमी क्षेत्रमा पर्दछ ।
Post a Comment