Websoft University

सामाजिक कार्य दिवसमा सामाजिक अगुवा सम्मानित


 शिव भट्टराई - सुनसरी - इटहरी,चैत ५ गते । रातो तारा डट कम, विश्व सामाजिक कार्य दिवसको अवसरमा जनता बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले विविध कार्यक्रमसहित यो दिवस मनाएका छन् । 

मंगलबार दुर्गा पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा खिलप्रसाद शिवाकोटी (झापा), इटहरीका गिता गौतम(असाहाय बालबालिका सेवा आश्रम), चन्द्र भण्डारी (पिपलबोटे स्कूलका प्रधानाध्यापक), रमेश प्रसाई (पब्लिक भ्वाइस स्पीकर) मेनुका पौडेल (चर्चित गायिक) लाई सम्मान गरियो । 

उनीहरुलाई सामाजिक परिवर्तनका लागि उत्कृष्ट कार्य गरेको भन्दै खादा तथा सम्मान पत्रले सम्मान गरिएको 
हो ।  सो अवसरमा १ नम्बर प्रदेश सभा उपसभामुख सरस्वती पोखरेलले समाज सेवा निस्वार्थ ढंगले गर्नु पर्ने बताइन् । उनले आजका विद्यार्थीहरुले सामाजिक कुप्रथा विरुद्ध लड्नु पर्ने आवश्यकता औंल्याइन् । साथै उनले आजका विद्यार्थीले समाज सेवालाई पहिलो प्राथमिकतामा राख्नु पर्ने बताइन् । उपसभामुख पोखरेलले समृद्ध नेपाल, सुखी नेपालीको योजनालाई सार्थक बनाउन शिक्षालाई आधार बनाउनु पर्नेमा जोड दिइन् । अब सामुदायिक क्याम्पसको जिम्मेवारी सरकारले लिनु पर्ने उनको भनाइ थियो ।

सो अवसरमा जनता बहुमुखी क्याम्पसका उपप्राध्यापक अर्जुन उप्रेतीले सामाजिक कार्य दिवसमा कार्यक्रम गर्नुको औचित्यबारे प्रष्ट पारेका थिए । कार्यक्रमका स्वागत मन्तव्य सामाजिक अभियन्ता एवम् विद्यार्थी शुशील राजभरले राखेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस इटहरीका सभापति हेमकर्ण पौडेल, जनता बहुमुखी क्याम्पस संचालक समिति अध्यक्ष विश्वप्रसाद रिजाल, मानव अधिकार संजाल सुनसरी संयोजक रमेश भट्टराईलगायतले सोही दिवसको अवसरमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमका अवसरमा चर्चित गायिक मेनुका पौडेल, क्याम्पसका विद्यार्थीहरुको समूहले गीत साथै नृत्य प्रस्तुत गरेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.