काठमाण्डौ,चैत ५ गते । रातो तारा डट कम,नेपाली काँग्रेसले मुलुकमा युद्धको स्वर बढ्न थालेको भन्दै गम्भिर बन्न सरकारलाइ आग्रह गरेको छ । राष्ट्रियसभाको हिजोको बैठकमा काँग्रेस सांसद राधेश्याम अधिकारीले सरकार र नेत्र विक्रम चन्द विप्लव दुवै पक्षबाट युद्धको स्वर चर्किन थालेको बताउदै संयमित रुपमा प्रस्तुत हुन सरकारलाइ आग्रह गर्नुभयो । सरकारले युद्धको अवस्थालाई न्यूनिकरण गर्दै अगाडि बढ्ने भन्दा पनि यस्ता विषयलाई ख्यालठट्टाको विषय बनाएर अगाडि बढेको अधिकारीको भनाइ थियो । सरकारको दायित्व गम्भीर भएर शान्ति सुरक्षा कायम गर्नुपर्ने भएको बताउँदै उहाँले त्यसबाट प्रधानमन्त्री चुकिरहेको आरोप लगाउनुभयो । नेकपाका नेता नै विप्लवसँग वार्ता गर्नुपर्छ पनि भनिरहेकाले सरकारको नीति के हो भन्ने स्षप्ट नभएको अधिकारीको भनाइ थियो ।
विप्लव माओवादीको बिषयमा गम्भिर हुन काँग्रेस काँग्रेस सांसदको आग्रह

Post a Comment