श्याम राई-गाईघाट,फागुन २२ गते । रातो तारा डट कम,
त्रियुगा नगरपालिका गाईघाटले नगर क्षेत्र भित्रका सार्वजनिक एंवम ऐलानी जग्गाको तथ्याङ्क संकलन गर्न छुट्टै कार्यालय स्थापनकागरि काम शुरु गरेको छ ।
ऐलानी जग्गाको विवरण संकलन तथा अभिमूखीकरण र व्यवस्थापन समितिको कार्यालय खोलेर सोमबार देखि काम शुरु गरेको नगरपालिकाले जनाएको छ । त्रियुगा नगरपालिका भित्र झँण्डै ६० प्रतिशत घरधुरी ऐलानी तथा सार्वजनिक जग्गामा बसोबास गर्दै आएको छ ।
उनीहरुलाई व्यवस्थीत बसोबास मिलाउनको लागि नगरपालिकाले उक्त तथ्याङ्क संकलन गर्न शुरु गरेको मेयर बलदेब चौधरीले बताए । सार्वजनिक तथा ऐलानी जग्गामा बसोबास गर्नेलाई अभिलेखीकरण गरि नगरपालिकाले विटौरी कर लिएर भूमि सम्बन्धि नयाँ कानून बनाएर व्यवस्थीत गर्न खोजिएको मेयर चौधरीले बताए ।
उक्त अभियान पश्चात नगर क्षेत्र भित्रका सार्वजनिक जग्गा तथा ऐलानी जग्गा के कस्तो अवस्थामा रहेको छ भन्ने तथ्याङ्क उपलब्ध हुने भएकोले छुट्टै कार्यालय स्थापनागरि तथ्याङ्य संकलनको काम थालनी गरिएको चौधरीले बताए ।
स्थानीय तहको निर्वाचनको बेला साना ठूला सबै दलहरुले चुनावी प्रतिबद्धतामा नगर क्षेत्रका ऐलानी र सार्वजनिक जग्गामा बसोबास गर्ने परिवारलाई यथोचित बसोबासको व्यवस्था मिलाउने उल्लेख गरे अनुरुप आफूले कामको थालनी गरेको उनले बताए ।
‘ अहिले पहिलो चरणमा तथ्याङ्क संकलनको काम शुरु गरेका छौ ।’ उनले भने । नगरपालिकाले भूमि सम्बन्धि नयाँ कानून नआउँदासम्म सबै नापी छुट भई जग्गा धनी प्रमाण पत्र नभएको सामुदायिक वन उपभोक्ता समूहको रेखाङ्कन गरेको वन क्षेत्र बाहिर सामुदायिक वन उपभोक्ता समूहको रखाङ्कन गरेको वन क्षेत्र बाहिर परापूर्व कालदेखि बसोबास भएको ऐलानी तथा सार्वजनिक जग्गाको विवरण समेत तथ्याङ्कमा समेटीने मेयर चौधरीले बताए ।
तथ्याङ्क संकलनको लागि वडा स्तरमा समिति समेत गठन गरिने उनले बताए । वडा सदस्यको नेतृत्वमा खटिने टोलीमा संलग्न कर्मचारी टोलीले घर, घरमा पुगेर तथ्याङ्क संकलन गर्ने नगरपालिकाको कार्यालयले जनाएको छ ।
चार किल्ला तयारपारी तथ्याङ्क संकलन गरिने भएकोले यसले अवस्थीत बसोबासलाई व्यवस्थीत गर्न मद्धत पुग्ने छ ।
वन क्षेत्र, सामुदायिक वनको क्षेत्र सरकारी जग्गा, सरकारी भवन, अस्पताल, पोखरी, हवाई मैदान, विद्युत उत्पादन गृह, मसानघाट, बसपार्क, रंगशाला, उधान, पार्क लगायतका विवरण यकिन रुप्मा तथ्याङ्क संकलनपछि आउने कुरा उप–मेयर देवी चौधरीले बताईन् ।
नगर क्षेत्रमा २० हजार घरधुरी मध्ये ६० प्रतिशत घरधुरी ऐलानी जग्गामा बसोबास गर्दै आएका छन् ।
नगर कार्यपालिकाले नगर भित्रको ऐलानी तथा सार्वजनिक जग्गाको विवरण संकलन तथा अभिमुखीकरण र व्यवस्थापन समिति कार्य विधि पासगरि नगर प्रमुखको संयोजकत्वमा २० सदस्सीय नगर स्तरीय समिति गठन गरेको छ ।

Post a Comment