काठमाण्डौ,फागुन २२ गते । रातो तारा डट कम,पाँचथर कारागारमा रहेका कैदीबन्दीहरुको स्वास्थ्य उपचारका लागि रकम अपुग हुने गरेको छ । कारागारका जेलर सुरेन्द्र मुखियाका अनुसार रकम अपुग हुँदा कैदीबन्दीको स्वास्थ्य उपचारमा समस्या हुने गरेको हो ।
कैदीबन्दीको स्वास्थ्य उपचारका लागि बार्षिक ८० देखि एक लाख रुपैंयाँसम्म रकम छुट्टिएर आउछ तर त्यो रकम ६ महिना पनि नपुग्दै सकिने गरेको मुखियाले बताउनुभयो । कारागारको क्षमता अनुसार मात्र रकम छुट्टिएर आउँदा रकम अपुग हुने गरेको हो ।
४० जना क्षमताको कारागारमा अहिले झण्डै चौगुणा बडी एक सय ५३ जना कैदीबन्दी राख्नु परेको कारागार प्रशासनले जनाएको छ । । ६ महिना नपुग्दै औषधी उपचार खर्च सकिंदा कैदीबन्दी आफैंले औषधी उपचार खर्च ब्यहोर्नुपर्ने बाध्यता रहेको कारागारका नाइके टेकनाथ रिजालले गुनासो गर्नुभयो ।
२०३० सालमा बनेको पाँचथर कारागारमा एकजना मानसिक रोगी, एकजना मुटु रोगी, एक जना अपाङ्ग र दुई जना ७५ बर्षिय बृद्ध समेत कैद भुक्तान गरिरहेका छन् । एक जना दुई बर्ष पुग्न लागेका र एक जना १७ बर्षिय गरी दुई जना नाबालक पनि कारागारमा छन् ।
Post a Comment