Websoft University

मापदण्ड बिपरित निजि अस्पताल खुल्ने क्रम जारी

{फायल फोटो]

काठमाण्डौ चैत १० गते । रातो तारा डट कम,रौतहटमा मापदण्ड बिपरीतका निजी अस्पताल धेरै खुलेको गुनासो बढ्न थालेको छ । मानिसको जीवनसंग प्रत्यक्ष सरोकार राख्ने अस्पतालको निगरानी र अनुगमन हुन नसक्दा सेवाग्राहीहरु मर्कामा पर्दै आएका छन् ।

अस्पताल सञ्चालन गर्न चाहिने मापदण्ड पूरा नगरी जिल्ला जनस्वास्थ्य कार्यालयले हचुवाका भरमा अनुमति दिएको सरोकारवालाहरुको गुनासो रहेको छ । स—साना घरहरु भाडामा लिएर चन्द्रनिगाहपुर, गरुडा, सुकदेव चौक, गौरमा अस्पतालहरु सञ्चालन गर्दै आएको पाइएको छ । सेवाग्रहीले सवारी पार्किङदेखि उपचारमा दैनिक सास्ती खेप्नुपर्ने बाध्यता रहेको सेवाग्राहीको गुनासो रहेको छ ।

स्थानीय तहले यसको नवीकरण, अनुगमनको जिम्मा पाए पनि अनुगमन प्रभावकारी हुन नसकेको स्वास्थ्यकर्मीहरुको भनाइ रहेको छ । रौतहटमा नर्सिङ होम, पोली क्लिनिक, क्लिनिक, ५— १०—१५ र २५ शैयाको गरी २४ वटा अस्पतालहरू दर्तामा रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । रौतहट जिल्ला जनस्वास्थ्यका प्रमुख डा कृष्ण साहले अस्पताल सम्बन्धी बनेको मापदण्ड विपरीत संचालन गर्न नपाइने र सबै अधिकार स्थानीय तहमा गएकोले स्थानिय तहले नै अनुगमन गर्नु पर्ने बताउनु भएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.