झापा, फाल्गुन १७ गते । रातो तारा डट कम,झापाको मेचीनगर नगरपालिका-६ बाट प्रहरीले बिहीवार अनद्दाजी १ लाख ८६ हजार ५ सय रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको ४५ हजार मूल्य बराबरको बिभिन्न कपडा, खाने तेल र हार्डवेयरको सामान त्यसैगरी नेपालबाट भारत तर्फ लैजाँदै गरेको ५० किलो मरिच, सुपारी-४० किलो र २० लिटर घरेलु मदिरा बरामद गरेको हो ।
त्यसैगरी गए राती मेचीनगर-६ तुर्केनी खेल मैदानबाट प्रहरीले नेपालबाट भारत तर्फ लैजाँदै गरेको १ सय ५० किलो मरिच समेत बरामद गरेको छ । बरामद गरिएका उक्त सामान भन्सार कार्यालय मेचीमा बुझाईने इलाका प्रहरी कार्यालय झापाले जनाएको छ ।
Post a Comment