Websoft University

आमाछोरा नै एसईई परीक्षा दिँदै

मोहन कुमार राई- चैत्र, १० गते । रातो तारा डट कम,
सङ्खुवासभा- यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)  आजबाट सुरु भएको छ ।

देशभरिबाट ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी हुने परीक्षामा सङ्खुवासभा जिल्लाबाट २ हजार ६ सय ७६ जना परीक्षार्थी सम्मिलित भएका थिए ।

जिल्लाका १५ परीक्षा केन्द्रमध्ये १ केन्द्र बागेश्वरी मावि ढ्ङ्गेधारा खाँदबारीमा प्राविधिक धारतर्फ ७१ जना, इन्जिनियरिङमा ३० जना र बाली विज्ञानमा ४१ जना परीक्षार्थीहरू सम्मिलित भएका छन् ।

यसैगरी ग्रेड वृद्धि पुरानोतर्फ २६ जना परीक्षामा सामेल भएका छन् भने ग्रेड वृद्धि नयाँका निमित्त १४ जना परीक्षार्थी परीक्षामा सामेल भएका शिक्षा समन्वय इकाइ सङ्खुवासभाका प्रमुख केशवप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

आजको पहिलो दिनको अङ्ग्रेजी विषयको परीक्षामा कुल परीक्षार्थीमध्ये १ हजार २ सय ७६ जना छात्र र १ हजार ३ सय ५६ जना छात्रा सहभागी भएका थिए ।

यसैगरी ६ छात्र र १२ छात्रा परीक्षामा अनुपस्थित रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक श्याम सारु मगरले जानकारी दिनुभयो ।

पहिलो दिनको परीक्षामा पढाइलाई उमेरले छेक्दैन भन्ने उक्तिलाई व्यवहारमा उतार्दै शारदा मावि पोखरीमा अध्ययनरत आमाछोरा दुर्गामाया तामाङ र छोरा सोनाम तामाङले सरस्वती मावि चैनपुर परीक्षा केन्द्रबाट परीक्षामा सामेल भएको सरस्वती मावि चैनपुरका केन्द्राध्यक्ष गोविन्दमान तामाङले जानकारी दिनुभयो ।

जिल्ला १५ ओटै परीक्षा केन्द्रमा शान्तिपूर्ण रूपबाट परीक्षा सञ्चालन भएको सुरक्षा स्रोतले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.