काठमाण्डौ चैत ६ गते । रातो तारा डट कम,बिराटनगरको बी पल्टमा आज युवाहरुले नशा बिना पनि सुन्दर छ जीवन, सामाजिक सदभाव र एकताको होली नशा रहित होली भन्ने नाराका आयोजना भएको होली सव्य र भव्य तरिकाले मनाइरहेका छन ।
कार्यक्रमका प्रमुख अतिथि तथा १ नम्वर प्रदेशका मुख्य मन्त्री शेरधन राईले नशा रहित होली मिलन कार्यक्रमलाई सम्वोधन गर्दै, नशा रहित होली पर्वले समाजमा सकारात्मक यसले शन्देश दिने बताउनु भायो ।
यो होली पर्व रंगहरुको पर्व नशा रहित पर्व भनिएकोले यो थालनी राम्रो भएकाले यो शन्देश मुलक कार्यक्रम आयोजकहरुलाई धन्यबाद छ भन्नु भयो ।
नेपाली कांग्रेस १ नम्वर प्रदेश सासदहरुका तर्फबाट सचेतक केदार कार्कीले होली पर्व समाजमा हुने अपराधिक मानसिक्ता हटाउने पर्व होली हो, त्यसैले यो शन्देश मुलक नशा रहित होली पर्व आयोजकहरुलई धन्यवाद छ भन्नु भन्नु भयो ।
कार्यक्रममा सघीय सासद,प्रदेश सासद, मन्त्री उद्योगी व्यपारी डाक्टर पुवाहरुको जमघट थियो । कार्यक्रममा बिभिन्न वक्ताहरुले होलीका बारेका बोल्दै आयोजकहरुलाई बधाई दिनु भएको थियो ।
होली मिलनमा महानगर एम्बेस्डर सोमित खडका र दिपाश्री निरौला समेतले होली पर्वका गितहरु प्रस्तुत गरेका थिए भने एल्बम बिमोचन समेत भएको थियो ।
पुनस्थापना केन्द्र सन्जालका संयोेजक तथा कार्यक्रमका अध्यक्ष दिपक चापागाईको अध्यक्षतामा कार्यक्रम भएको थियो भने सुनिल रिजालले स्वागत मनत्व्य दिनु भएको थियो ।
कार्यक्रम जीवन दृष्ट्रि पुनस्थापना केन्द्रका व्यवस्थापक जयकुमार देवकोटाले कार्यक्रम संन्चालन गर्नु भएको थियो ।
Post a Comment