काठमाण्डौ,चैत ५ गते । रातो तारा डट कम,नेपालको पहिलो महिला फ्रेन्चाईज क्रिकेट लिग एनसीएल वुमन्स टी ट्वान्टी क्रिकेट लिगको विजेताले १० लाख नगद पुरस्कार प्राप्त गर्ने भएको छ । आयोजक एनसीएल स्पोर्टस प्रालीले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको विजेताले १० लाख पाउने जानकारी गराएको हो । यस्तै उपविजेताले ५ लाख पाउने प्रालीका प्रबन्ध निर्देशक जयराज रायले जानकारी दिनुभयो । प्रतियोगिताको प्लेयर अफ दि म्याचले १० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समत पुरस्कार पाउने आयोजकले जनाएको छ । बैशाख दोस्रो साताबाट हुने पहिलो संकरणको प्रतियोगितामा भैरहवा क्विन्स, विराटनगर रोअरिङ लायोनेस, काठमाडौं सुपर च्याम्पियन र धनगढी वन्डर वुमनले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता विराटनगरको बैजनाथ क्रिकेट मैदानमा बैशाख ७ देखि १४ गतेसम्म हुने छ ।
टी ट्वान्टी क्रिकेट लिगको विजेताले १० लाख नगद पुरस्कार प्राप्त गर्ने

Post a Comment