श्याम राइ-गाईघाट चैत ११ गते । रातो तारा डट कम,वनमा लागेको डढेलो निभाउने क्रममा सोमबार विहान एक वन कर्मचारीको आँखा जलेको छ ।
उदयपरको दक्षिणी भेगको चुरे जंगलमा केही दिन यता लागेको डढेलो निभाउन स्थानीय बासिन्दासँग गएका वन रक्षक मानपुर राजधामीको दाईने आँखामा आँगोले पोलेर घाईते भएको जिल्ला वन सब डिभिजन कार्यालय उदयपुरका सूचना अधिकृत जागेश्वर साहले बताए ।
घाईते राजाधामीको गाईघाटस्थीत एक निजी अस्पतालमा उपचार भैरहेको छ । उदयपुरमा वर्षेनी डढेलोले सामुदायिक तथा राष्ट्रिय वनमा ठूलो क्षती पु¥याउँदै आएको छ । ‘ यो वर्ष पनि धेरै सामुदायिक वनमा डढेलो लागेको छ । वन कर्मचारी, प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा लागेको डढेलो नियन्त्रणमा आएको छ । ’सूचना अधिकृत साहले बताए ।
उनले चुरे क्षेत्रमा लागेको डढेलो निभाउने काम भैरहेको बताए। गाईबस्तु चराउन जानेर चोरी शिकारीले आँगो लगाउने गरेको कारण सरकारी तथा सामुदायिक वनमा डढेलो लाग्ने गरेको छ ।
Post a Comment