सुनसरी-इटहरी,चैत ७ गते । रातो तारा डट कम,सामूहिक रुपमा मनाइने अन्य पर्वहरुमा पर्वकै दिन भन्दा अगाडि देखि नै संस्थागत रुपमा मनाउने गरिए झै गरी पूर्वी तराईमा फागु पूर्णिमाको भोलि पल्ट खेलिने होली केही दिन अगाडि देखि नै मनाउन थालिएको छ ।
बिभिन्न व्यवसायिक प्रतिष्ठान, सामाजिक संघ, संस्था देखि लिएर सरकारी कार्यालयहरुमा समेत होली मनाउने क्रम जारी रहेको छ । यही क्रममा हेटौंडामा रहेको प्लाष्टिकका सामाग्रीहरु उत्पादन गर्ने लक्ष्मी टेक्नोप्लास मेरी गोलको इटहरीमा रहेको पूर्व क्षेत्रको कार्यालयले समेत होलीको शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ ।
मेरी गोल्डका पूर्वका प्रमुख सुमन पराजुलीको अध्यक्षतामा भएको होली कार्यक्रममा पूर्वका बिभिन्न क्षेत्रका विक्रेताहरुको समेत सहभागीता रहेको थियो । होली विशेष कार्यक्रमले मेरी गोल्ड र विक्रेता बीच सुमधुर सम्बन्ध स्थापित हुने इटहरीमा मेरी गोल्डको डिलर सञ्चालन गर्दै आएका अजिज हुसेनले बताए । कार्यक्रममा अन्य ठाँउका विक्रेताहरुले समेत मेरी गोल्डले संस्कृति संरक्षणका लागि आयोजना गरेको होली कार्यक्रमले कम्पनी र विक्रेताबीच अझ गाढा सम्बन्ध बनाउन सघाउ पु¥याउने गरेको विश्वास व्यक्त गरे । कार्यक्रममा एक अर्कासंग रंग दलेर होली खेलियो ।
त्यसैगरी उता, मोरङको लेटाङ्गमा लैंगिक हिंसाको बिरुद्धमा अभियान तथा सचेतना कार्यक्रमको सञ्चालन गर्दै आएको सामुदायिक विकाश मंच नेपालको आयोजनामा होली बिशेष कार्यक्रम सम्पन्न भएको छ ।
होली पर्वको बिशेष अवसर पारेर लैगिंक हिंसा न्युनिकरण कार्यक्रम अन्तर्गत होली पर्वको नाममा हुने सक्ने हिंसाको बिरुद्ध सचेतना दिने उद्देश्य सहित कार्यक्रमको आयोजना भएको हो ।
हिन्दु धर्मालम्बीहरुको लागि होली पर्वको महत्व निकै भएको कारण पछिल्लो समय बजारमा देखिएको बिकृतिलाई न्यूनीकरण गर्ने मुख्य उद्देश्य सहित जनचेतनाको कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक साबित्रा सिवाकोटीले बताइन् । होली पर्वलाई सभ्य ढंगबाट मनाउनु पर्ने, कसैलाई जवरजस्ती रंग लगाउन नहुनेजस्ता कुराको सचेतना जगाउन आवश्यक रहेको कारण सिडिएफले यस्तो कार्यक्रमको आयोजना गरेको संयोजक सिवाकोटीले बताइन् ।
लामो समय देखि लैगिंक हिंसाको बिरुद्धमा कार्यक्रम गर्दै आएको सिडिएफले लेटांग नगरपालिका वडा नम्बर ५ भित्र रहेका बिभिन्न ६ वटा संस्थागत तथा सामुदायिक बिद्यालयका २१ जना बिद्यार्थीहरुको सहभागीतामा लागूपदार्थको दुव्र्यसनीको असरबारे चित्रकला प्रतियोगिता समेत सञ्चालन गरेको छ । लागूपदार्थको दुव्र्यसनीको कारण पर्ने असरको बारे कक्षा १ देखि ५ सम्मका बिद्यार्थीहरुले चित्रकला प्रस्तुत गरेका थिए भने कक्षा ६ देखि १० सम्मका बिद्यार्थीहरुले लैगिंक हिंसाको बिरुद्धमा चित्रकला प्रदर्शन गरेका थिए ।
कार्यक्रमलाई संस्थागत बिकास सञ्चालन ललितपुरले सहयोग गरेको थियो भने कार्यक्रममा सुवर्ण लावती, शोभा खड्का, पुर्ण कटवाल, कमल अधिकारी, भुपेन्द्र लावती तथा नरबहादुर लिम्बू लगायतको सहभागिता रहेको थियो
Post a Comment