काठमाण्डौ,फागुन २३ गते । रातो तारा डट कम,नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले सहभागिता जनाउने भनिएको एट नेसन ‘ए’ टी–ट्वान्टी क्रिकेट सिरिज’ प्रतियोगिता सरेको छ । केन्यामा मार्च अन्तिम साताबाट सुरु हुने भनिएको प्रतियोगिता करिब ३ हप्ता सरेको हो ।
आयोजक केन्या क्रिकेटले प्राविधिक कारण देखाई २ देखि ३ हप्ता सरेको जनाएको छ । नयाँ मिति भने केहि दिनमा तय हुने छ । यसअघि प्रतियोगिता २२ मार्च देखि ३१ सम्म आयोजना हुने तय भएको थियो । प्रतियोगितामा ८ राष्ट्रले सहभागिता जनाउने छन् । तर, प्रतियोगितामा सहभागी राष्ट्रको भने तय भएको छैन । विश्वकपका लागि एसिया छनोट अगष्टमा हुने तय भएको छ ।
नेपालले सन् २०२० मा हुने टी–ट्वान्टी विश्वकपको लागि आयोजना हुने एसिया छनोटको तयारीको रुपमा प्रतियोगिता खेल्न लागेको हो ।
Post a Comment