काठमाण्डौ चैत ८ गते । रातो तारा डट कम,सरकारले मूलुकभर एकैसाथ बेरोजगार युवाको तथ्यांक संकलन सुरु गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यविधि अनुसार सबै स्थानीय तहलाई आफ्नो तहमा रहेका बेरोजगारको विवरण सङ्कलन गर्न सरकारले निर्देशन समेत दिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलमार्फत् सबै स्थानीय तहलाई बेरोजगारको विवरण सङ्कलन गर्न निर्देशन दिएको हो । मन्त्रालयले रोजगार संयोजक नतोकिएका स्थानीय तहमा भने स्थानीय तहले आफैँ एक जना कर्मचारी खटाई बेरोजगारको विवरण सङ्कलन गर्न निर्देशन दिइएको मन्त्रालयको प्रधानमन्त्री रोगजार कार्यक्रम शाखाका प्रमुख डा.लोकनाथ भुसालले सीआइएनँंग बताउनुभयो ।
Post a Comment