बिराटनगर चैत ११ गते । रातो तारा डट कम,बालबालिकामा अनलाईनको माध्यमबाट हुने यौन सोषण रोकथाम सम्बन्धि एक दिने प्रशिक्षण (साइवर क्राएम) आज सम्पन्न भएकोछ ।
कार्यक्रमका प्रमुख अतिथि तथा बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले कार्यक्रमलाई सम्वोधन गर्दै, बिभिन्न उदारणहरु बताउदै साइवर क्राएम भनेको मानिसले जानी नजानी पनि अपराध गर्न सक्छ, त्यसैले अनलाई चलाउदा होस पु¥याउन सबैलाई अनुरोध गर्नु भयो ।
कार्यक्रममा उपस्थित १० सरकारी स्कुल, ५ निजी बिधालयका शिक्षक शिक्षिका र बालबालिकाहरुलाई सम्वोधन गर्दै, यो अनलाईको माध्यम जाने फाईदै फाईदा नजाने यसले बालबालिकाहरुको भबिश्यनै सखाव बनाउने भएकाले पनि अनलाई प्रयोग गर्दा होस पुगाउन अनुरोध गर्नु भयो ।
कार्यक्रममा बिराटनगर महानगरपालिकाकी उपमेयर इन्दीरा कार्कीले पनि आफना कुराहरु राख्नु भएको
थियो ।
त्यसैगरी नेपाल टेलिकमका बरिष्ठ निर्देशक आनन्द नेपालले पनि आफना कुरा राख्नु हुदै,अनलाई अपराध अहिले मानिसले जाने र वा नजानेर बढी रहेकोले यसलाई रोक्ने तर्फ अव सबैको ध्यान जान जरुरी भएको बताउनु भयो । अपराध रोक्न हामीले फाइदा र नकारात्मक कुराहरुको बारेमा यसै गरि बढी प्रचार प्रसार गरेर मानिहरुलाई जानकारी गराउनु उचित हुने बताउनु भयो ।
कार्यक्रम बन्द र खुल्ला सत्रमा सन्चालन हुने भएकोले गैर सरकारी संघ संस्थाका प्रतिनिधि वडा अध्यक्षहरुले पनि बोल्नु भएको थियो ।
कार्यक्रम आयोजक ऋषि ओइााको अध्यक्षतामा भएको थियो ।
Post a Comment