काठमाण्डौ,चैत १२ गते । रातो तारा डट कम,नेपाली काँग्रेसले, सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएर झन् उत्तेजित बनाउने काम गरेको बताएको छ । कांग्रेस संसदीय दलको बैठकले विप्लव समूहलाई प्रतिबन्ध लगाउनु बेठीक भएको ठहर गरेको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिनुभयो ।
काँग्रेसले हत्या हिंसा र हतियारको राजनीति छाडेर शान्तिपूर्ण राजनीतिमा आउन विप्लव समूहलाई आग्रह पनि गरेको छ । काँग्रेसले संसदको हिउँदे अधिवेशनमा प्रधानमन्त्री र मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सुरु भए पनि प्रभावकारी नभएको ठहर पनि गरेको छ ।
Post a Comment