काठमाण्डौ,फागुन २३ गते । रातो तारा डट कम,नेपाली काँग्रेसका विभिन्न समूहले सभापति शेरबहादुर देउवाको कार्यशैलीविरुद्ध एक भएर लाग्ने सहमति गरेका छन् । देउवा पक्ष बाहेक सबै पक्षको हिजो प्रकाशमान सिंहको निवास टाक्सीबारीमा भएको भेलाले पार्टीलाई एकताबद्ध बनाउन सभापति देउवाको कार्यशैलीविरुद्ध एक भएर लाग्ने निर्णय गरेको हो । भेलामा नेताहरु कृष्णप्रसाद सिटौला, रामचन्द्र पौडेल, शशांक कोइराला, शेखर कोइराला, अर्जुननरसिंह केसीसहित सहभागी हुनुहुन्थ्यो । भेलाले सभापति देउवाले बहुमतका आधारमा एकलौटी रुपमा पार्टी चलाउन खोजेको, महासमितिको निर्देशनलाई समेत अटेरी गरेको, भातृ संस्थालाई पंगु बनाउन अधिवेशन नगराउन खोजेकोसहितको आरोप लगाएको छ । यसविरुद्ध कडा रुपमा प्रस्तुत हुने निर्णय बैठकमा सहभागि एक नेताले बताएका छन् । महासमितिको बैठकलाई अटेरी गर्ने काम गरिएको असन्तुष्ट पक्षको आरोप छ ।
Post a Comment