Websoft University

१०९ औं अन्तराष्ट्रिय महिला दिवस बिराटनगरमा

विराटनगर, फागुन २१ गते । रातो तारा डट कम,प्रदेश १ सामाजिक विकास मन्त्रालयको आयोजनामा आजबाट विराटनगरमा दुई दिने प्रादेशिक महिला सम्मेलन शुरु भएको छ । महिलाको सवाल पहिचान गरि लैंगिक नीति तर्जुमा गर्नका लागि प्रादेशिक महिला सम्मेलन आयोजना गरिएको हो । महिला शसक्तिकरणका लागि लक्षित योजना निर्माण गर्ने उद्देश्यसहित १०९ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर आयोजना गरीएको प्रादेशिक सम्मेलनमा प्रदेशका जनप्रतिनिधी सहित विभिन्न क्षेत्रका पाँचसय महिला नेतृत्वकर्ताहरुको सहभागितामा रहेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै एक नम्बर प्रदेशका सभामुख प्रदिपकुमार भण्डारीले एक नम्बर प्रदेशले घरेलु हिंसा सम्बन्धमा बनेको विधेयक पारित गरिसकेकाले उक्त विधेयकले हिंसा न्यूनिकरणमा समेत मद्दत पुग्ने बताए । घर भित्रैबाट हिंसा सुरु हुने भन्दै सभामुख भण्डारीले कानुनका साथसाथै व्यवहारमा पनि परिवर्तन ल्याउनुपर्ने बताए । स्थानीय तहमा रहेका महिला जनप्रतिनिधीहरु आफै न्याय दिने ठाउँमा पुगेकोले अब क्षमता बढ्दै गएका कारण कानुन निर्माण र कार्यान्वयनमा दवाव दिनु पर्ने सभामुख भण्डारीले बताए ।

कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै सामाजिक विकास मन्त्री जिवन घिमिरेले यो सम्मेलनले प्रदेश सरकारले महिलाका लागि बनाउँने कानुन नीति निर्माणमा सहयोग पुग्ने बताए । उपसभामुख सरस्वती पोखरेलले महिलाहरुको आन्दोलनले धेरै उपलब्धी हासिल गरेर सविधानमा पनि उल्लेख हुनु खुशीको कुरा भएपनि अझै धेरै क्षेत्रमा महिलाको सहभागिता शुनिश्चित हुन नसकेको बताइन् । 

उनले सासद, पालिका प्रमुख उपप्रमुखमा महिलाको सहभागिता निश्चित भएपनि मन्त्रीमण्डलमा भने महिलाहरु मन्त्रीको प्रतिशत निश्चीत नभएकोले यस्ता केही विषय संविधानमै लेख्न दवाव सिर्जना गर्न जरुरी रहेको बताइन् । सम्मेलनमा आज र भोली मुख्यमन्त्री,मन्त्रीहरु, केन्द्र र प्रदेशको सभामुखहरुसंगको छुट्टाछुट्टै छलफल कार्यक्रम हुने छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.