बिराटनगर चैत ९ गते । रातो तारा डट कम,पौडेल बंश प्रतिष्ठान द्धारा गत मंसिर २६ गते देखि पुष ७ गते सम्म मोरंङको ठडियामा लगाईएको श्रीमदवाल्मीकीय रामायण महापुराणबाट उठेका र उठ्न बाँकी रकम आज सार्बजनिक गरिएको छ । पुराणमा ६७ जना दाताहरुले साडे ८३ धुर जग्गा दान गरेका छन ।
त्यसैगरिे प्रतिष्ठानले आयोजना गरेको पुराणका समयमा नगद ६४लाख १३ हजार ५सय ३२ रुपौया सहयोग रकम प्राप्त भएको तथा पुराणका समयमा जग्गा बचन दान पट्टी उठ्न बाँकी रहेको ९७ लाख १३ हजार ४ सय ५० र नगद बचन दान प्रती उठ्न बाँकी रकम २१ लाख ९७ हजार ५५ रहेको प्रतिष्ठानका कोषाध्यक्ष कमल पौड्यालले जानकारी दिनु
भयो ।
तीर्थस्थलका साथै वहुउपयोगी सामुदायिक भवन तथा क्रियापुत्री भवन निर्माणका लागि लगाइएको उक्त पुराणको आय ब्यय सार्बजनिक विजय पौडेलको अध्यक्षतामा भएको थियो । उक्त पुराणमा सुन्दरहरैचा वार्ड नं ३ का वार्ड अध्यक्ष जिवन ढुंगाना , वार्ड नं ४ का वार्ड अध्यक्ष शैलेन्द्र श्रेष्ठ लगायत बिभिन्न सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।
सुन्दरहरैचा ७ का वडाध्यक्ष चैतन्य सिटौलाको प्रमुख आतिथ्थमा भएको उक्त औपचारिक कार्यक्रममा प्रतिष्ठानले महायज्ञमा सहयोग गरेको भन्दै बिभिन्न सञ्चार माध्यम एवं सञ्चारकर्मीहरु एवं जग्गादाता, चन्दादाताहरुलाई सम्मानित गरेको छ।
प्रतिष्ठानले पृर्वी खवर, सप्तकोशी एफएम, पूर्वी हटलाईन लगायतका सातवटा सञ्चारमाध्यमका सञ्चारकर्मी, एवं बिभिन्न जग्गादाता तथा प्रतिष्ठानलाई बिभिन्न क्षेत्रबाट सहयोग पुर्याउनहरुको उच्च मुल्यांकन गर्दै सम्मानित गरेको हो।
Post a Comment