Websoft University

सुवेदीलाई शिशुसेवा पत्रकारिता पुरस्कार


विराटनगर,चैत ९ गते । रातो तारा डट कम,शिशुसेवा पत्रकारिता पुरस्कार २०७५बाट पत्रकार विनोद सुवेदी  पुरस्कृत भएका छन् । शिशुसेवा समितिको ३६ औं बार्षिक साधारण सभाको अवसरमा  शनिबार विराटनगरमा आयोजित कार्यक्रममा सुवेदीलाई पुरस्कृत गरिएको हो ।

शिशु सेवा पत्रकारिता पुरस्कारको राशी ११ हजार १ सय ११ रुपैया“ रहेको छ । यस अघि यो पुरस्कारबाट पत्रकार मीनकुमार नवोदित पुरस्कृत भएका थिए । यो वर्षको शान्ता राष्ट्रिय उत्कृष्ठ बाल पुरस्कारबाट विराटनगर—१० की अर्पिता दाहाल पुरस्कृत भएकी छिन् ।

नृत्य कलामा अब्बल रहेकी दाहाललाई ११ हजार १  सय ११ रुपैया“ राशीको शान्ता राष्ट्रिय बाल पुरस्कार प्रदान गरिएको हो । यस्तै शिशु सेवा शिक्षा पुरस्कारबाट नगरग्राम मावि टंकि सिनुवारी कक्षा १२ मा अध्ययनरत पवन श्रेष्ठ र कक्षा १० मा अध्ययनरत रचना भट्टराईलाई पुरस्कृत गरिएको छ ।

पुरस्कृत तथा सम्मानित हुनेहरूलाई प्रदेश प्रमुख गोविन्द तुम्बाहाङ, शिशुसेवा समिति विराटनगरकी अध्यक्ष वसुश्री पाण्डेलगायतले, दोसल्ला, सम्मानपत्र र नगद पुरस्कार प्रदान गरेका थिए । २०४० सालमा स्थापना भएको शिशुसेवा समितिले ग्रामिण क्षेत्रमा उच्चरहेको  बाल मृत्युदर र मातृ मृत्युदर कम गर्न विशेष योगदान गर्दै आएको छ ।

विपन्न बालबालिका तथा महिलाहरूको सेवामा पनि सकृय रहेको छ । शिशुसेवा समितिले स्वास्थ्य परिक्षण शिविर, बालविकास केन्द्र सञ्चालन,चरुवा स्कुल सञ्चालन, सामुदायिक विद्यालय सहयोगलगायतका कार्यक्रम संचालन गर्दै आएको छ । कार्यक्रममा  प्रदेश प्रमुख तुम्बाहाङले मानविय सेवामा समर्पित शिशुसेवा समितिले बालबालिका र महिलाको क्षेत्रमा गरेका कामको प्रशंसा गरे ।

संस्थाकी अध्यक्ष वसुश्री पाण्डे र सचिव कविराज न्यौपानेले संस्थाले गर्दै आएका मानविय सेवाका कामहरूबारे जानकारी गराएका थिए । कार्यक्रममा प्राज्ञ विवश पोखरेल, समाजसेवजी सुरेश शर्मालगायतले संस्थाको सफलताको  शुभकामना दिएका थिए ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.