काठमाण्डौ चैत ६ गते । रातो तारा डट कम,नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध अमेरिकामा उजुरी परेको कुराले अहिले बढी चर्चा पाएको छ ।
पत्नी सीता दाहालको उचारका लागि भन्दै अमेरिका पुग्नुभएका प्रचण्डलाइ पक्राउ गर्न माग गर्दै अमेरिकामा उजुरी हालिएको हो । अमेरिकाको केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत तिलकबहादुर श्रेष्ठले बाल्टीमोर स्थित संघीय ब्यूरोमा युद्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको भन्दै तत्कालीन माओवादीका अध्यक्षसमेत रहेका ‘प्रचण्ड’विरुद्ध उजुरी हाल्नुभएको हो ।
उजुरीमा अमेरिकी गुप्तचर संस्था एफबीआईमा उजुरी दिँदै प्रचण्डलाइ पक्राउ गर्न माग गरिएको छ । जनयुद्धको समयमा १७ हजार गरिब नेपालीको हत्या गरेको र प्रचण्डको नाम अमेरिकाको आतंकवादीको सूचीमा समेत रहेकाले पक्राउ गरी कारबाही गर्नका लागि आग्रह गरिएको छ ।
Post a Comment