Websoft University

फुटबल टोलीले हिजो कुवेतसँग प्रतिस्पर्धा गरे


काठमाण्डौ चैत ८ गते । रातो तारा डट कम,अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । दुई मैत्रीपुर्ण खेल खेल्न कुवेत पुगेको नेपाली टोलीले हिजो पहिलो खेल खेलेकोे
हो ।

नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार बेलुका सबा ९ बजे सुरु हुनेछ । नेपाल पहिलो खेल जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले कुवेतविरुद्ध जित निकाल्ने दाबी गर्नुभएको छ । हालै प्रशिक्षकको जिम्मेवारी पाएका कालिनको नेपालबाट यो पहिलो भ्रमण हो ।

र, कालिनका लागि यस मैत्रीपूर्ण खेल परिक्षाको रुपमा समेत हुनेछ । यस्तै मूख्य प्रशिक्षक कालिनले कुवेत नौलो टोली रहेको भएपनि जित निकाल्नेमा विश्वस्त रहेको बताउनु
भयो । नेपाल र कुवेतबीच १९ बर्षपछि प्रतिस्पर्धा गर्न लागेका हुन् ।

यसअघि नेपालले कुवेतसँग सन् २००० मा एएफसी एसिया कपमा प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा नेपाल ५–० ले पराजित भएको थियो । नेपाललाई उक्त हारको बदला लिने अवसर रहेको छ ।

त्यस्तै घरेलु टोली कुवेत पनि जित निकाल्ने लक्ष्यमा हुनेछ । कुवेतका मुख्य प्रशिक्षक रोमियो जोजाकले छोटो तयारी भएपनि नेपाललाई हराउने बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.