काठमाण्डौ चैत ६ गते । रातो तारा डट कम,आज फाल्गुण शुक्ल पूर्णिमा अर्थात् होली, राजधानी काठमाडौं लगाएत देशका पहाडी क्षेत्रमा धुमधामका साथ यो पर्व मनाइदैछ ।
आफन्त, साथीभाइ र मन मिलेकाहरुबीच अबिर र रंग दलेर फागुु पर्व मनाउने गरिन्छ । छोरा प्रह्लाद विष्णुभक्त भएको आक्रोशमा हिरण्यकश्यपुले आफ्नै बहिनी होलिकाको काखमा प्रह्लादलाई सुताएर आगोमा दहन गर्न खोजेको तर प्रह्लाद सकुशल रहेर होलिकाको मृत्यु भएको भन्ने किंवदन्तीसँग होली पर्व जोडिएको धार्मिक किमदन्ती पाइन्छ ।
पौराणिक कालदेखि नै यो पर्व मनाइँदै आएको शास्त्रमा वर्णन गरिएको छ । तराई क्षेत्रमा आज पनि होली मनाइदैछ भने होलीको भोलि पल्ट चै भव्य रुपमा तराइमा साबै जाती समुदायहरुले मनाउने परम चल्दै आएको पाइन्छ ।
काठमाडौँको हनुमानढोका दरवारस्थित मोहनकालीचोकमा भगवान् कृष्णको मूर्तिका साथमा वरिपरि अर्धनग्न अवस्थाका नौ गोपिनीको मूर्ति स्थापना गरेर वसन्तपुर दरवार परिसरमा रङ्गीचङ्गी कपडाको चीर ठड्याएपछि यो पर्व सुरु हुन्छ ।
पशुपतिनाथका कोटवाल पूर्णनारायण जोशीका अनुसार आज पशुपति आउन नभ्याउनेले हिजै पशुपतिनाथमा फुका अबिर अर्पण गर्ने चल्न रहिआएको पाइन्छ ।
रानीपोखरीस्थित सोह्रहाते गणेशलाई पनि अबिरपानीको लोला प्रहार गर्दै अबिर चढाइएको दृश्य आज देख्न सकिन्छ ।
आज बिराटनगरको जीपी फाउण्डेशनले पनि कार्यक्रम गरेर होली पर्व मनाएकोछ ।
Post a Comment