विराटनगर, चैत २ गते । रातो तारा डट कम,विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कूलमा विद्यार्थीहरूले विज्ञान तथा चित्रकला प्रर्दशन गरेका छन् । स्कूल परिसरमा शनिबार एक कार्यक्रम आयोजना गरि विज्ञान र चित्रकला प्रर्दशन एक साथ गरेका हुन् ।
विद्यार्थीहरूले विज्ञानसँग सम्बिन्धित सामाग्री र विभिन्न प्रकारका चित्रकलाहरू प्रर्दशनमा राखेका थिए । कक्षा ५ देखि ९ कक्षासम्मका विद्यार्थीहरूले २३ वटा स्टल विज्ञान प्रर्दशनमा राखेका थिए भने कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरूले चित्रकला प्रर्दशनमा राखिएको स्कूलका प्रिन्सिपल प्रेमलाल सिंह सुवालले जानकारी दिए ।
विज्ञान प्रर्दशनमा विद्यालयका प्रल्हात चौधरी, विनय मण्डल र मदन कार्कीले ‘रकेट लन्चर’ गरेका थिए । त्यस्तै विज्ञान प्रर्दशनमा हाइड्रोलिक जेसिबी, क्रेन, विद्युतिय जहाल, स्मार्ट सिटीलागयत रहेको थियो । विद्यार्थीहरूमा रहेको अन्तर हिन प्रतिभा उजागर गर्ने उद्देश्यले विज्ञान र चित्रकला प्रर्दशन आयोजना गरिएको स्कूलका प्रिन्सिपल सुवालले बताए । कार्यक्रममा विद्यार्थीहरू नृत्य, गायन प्रस्तुत गरि सहभागि भएका अभिभावकहरुलाई मनोरञ्जन प्रदान गरे ।
Post a Comment