काठमाण्डौ चैत ८ गते । रातो तारा डट कम,प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता सम्बन्धी विधेयकमा अंगीकृत नागरिकता दिने विधि टुंग्याउन उपसमिति बनाएको छ । अंगीकृत नागरिकता दिँदा कुन विधि अपनाउने भन्नेबारे सर्वदलीय सहमति जुटाउन र प्रतिवेदन दिन बसेको समितिको बैठकले ९ सदस्यीय उपसमिति बनाएकोछ । उपसमितिमा नेकपाका यशोदा सुवेदी, नवराज सिलवाल र लक्ष्मी चौधरी, नेपाली काँग्रेसका देवेन्द्रराज कँडेल र मीना पाण्डे, संघीय समाजवादी फोरम नेपालका रामसहाय यादव, राजपाका राजकिशोर यादव र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल सदस्य छन् । उपसमितिलाई १४ दिनभित्र विवादित विषयमा सहमतिसहितको प्रतिवेदन बुझाउन भनिएको छ । तराई–मधेसकेन्द्रित दलका सांसदहरुले नेपालमा विवाह गरी आउने विदेशी बुहारीलाई अहिलेझैं तत्कालै नागरिकता दिनुपर्ने व्यवस्था राख्न भनेका छन् भने अरू दलले त्यसमा केही वर्षको सीमा राख्नुपर्ने माग गरेका छन् ।
नागरिकता विवाद टुङ्ग्याउन उपसमिति गठन

Post a Comment