काठमाण्डौ,चैत ७ गते । रातो तारा डट कम,‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने नाराका साथ पहिलो चरणमा माथिल्लो त्रिशूली थ्री ‘बी’ को साधारण सेयर (आईपीओ) आजैबाट खुला हुने छ ।
त्रिशुली जलविद्युत् कम्पनी लिमिटेड अन्तर्गतको ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘बी’ आयोजनाको पहिलो आईपीओ किन्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज आवेदन दिने बुइिाएकोछ ।
आयोजनाको आईपीओ किन्न प्रधानमन्त्री ओलीले ग्लोबल आईएमई क्यापिटल र नेपाल डीपी लिमिटेडमा २ वटा डिम्याट खातासमेत खोलीसक्नु भएको छ । भोलि बिहान साढे ९ बजे एक समारोहका बीच उहाँले आईपीओ खरिद गर्ने कार्यक्रम छ ।
आम सर्वसाधारणलाई जलविद्युतको सेयर किन्न प्रेरित गर्ने उद्देश्यले पहिलो सेयर प्रधानमन्त्रीले किन्ने कार्यक्रम बनेको उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ । फागुन २ गते ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रम घोषणा समारोहमा नै प्रधानमन्त्रीले पहिलो सेयर आफूले किन्ने बताउनुभएको थियो ।
नेपाली नागरिकको लगानीमा नै तीन हजार पाँचसय मेगावाट क्षमताका आयोजना निर्माण गर्ने लक्ष्यका साथ यो कार्यक्रम सुरु गर्न लागिएको हो ।

Post a Comment