बिराटनगर,चैत ४ गते । रातो तारा डट कम,नेपाल कम्युनिष्ठ पाटी नेकपाले आफनो जिल्ला अधिवेशन र पार्टी प्रबेश कार्यकमको आयोजना गरेको थियो । सुनसरीको बर्जु गाउँपालिका वडा नम्वर ६ बर्जु ताल परिसरमा भएको कार्यक्रमका प्रमुख अतिथि नेकपाको केन्द्रिय अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सोहि गाउपालिकाका पुर्व अध्यक्ष नेपाली काँग्रेसका कार्यकर्ता समेत रहेका हाल बर्जु ताल बिकास समितिका अध्यक्ष बालिम चौधौरी,लगाएत बिभिन्न पाटी परित्याग गरि आएका ५ सय एक जनालाई नेकपा केन्द्रिय अध्यक्ष तथा प्रधानमन्त्री ओलीले हिजो फुलमाला र टिका लगाएर पाटी प्रबेश गराउनु भएको थियो ।
नेकपा सुनसरीको जिल्ला अबिधेशन लाई सम्वोधन गर्दै, यो बर्जु ताल धार्मिक पौराणिक, सामाजिक पर्यटकीय गन्त्व्यका रुपले पनि ऐतिहासिकरहेकाले यसको सबै मिलेर सरक्षण गर्नु पछ ओलीले भन्नु भयो ।
बर्जु ताल १ सय ५३ बिगाहमा जमिनमा फैलिएकाले यो ठाउ ११४ पर जाजिका चराचुरुङ्गी बस्ने बासस्थान मानिसहरुका लागि मनमोहक रमणिय स्थल पर्यटकिय क्षेत्र भएकाले यस क्षेत्रलाई सरकारले यसै अनुरुप बिकास गर्ने बताउनु भएकोछ ।
कार्यक्रमलाई सम्वोन गर्दै, बर्जु तालको स्तर उन्नतीका लागि सरकारले बजेट बनाउदा यसलाई पनि समेटेर बजेट निकासा गर्ने र आन्तरिक पर्यटन प्रर्बधनको बिकास हुने गरी हरीयाली पार्कको रुपमा बिकास गर्न सरकारले बजेटमा यसै पटक सम्वोध गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनु भएकोछ ।
अन्त्यमा अहिले बंम बारुद्घ बोक्नेहरु देश बिखण्डनकारीहरु संग पनि सहमति खोज्ने र बिरोधीहरुलाई सहि बाटोमा हिडाउन सरकारले कदम चाल्ने बताउनु भएको छ ।
कार्यक्रममा नेकपा केन्द्रिय सदस्य तथा महिला नेत्री भगवती चौधरीले आफना कुरा राख्दै, यो बर्जु ताल भएको क्षेत्र सुनसरीको हो यो क्षेत्रले भारतको सीमना संग जोडिएको र अति बिकट पीछडिएको ठाउँ भएकाले सरकारले यस क्षेत्रको स्तर उन्नतीका लागि पहल गरी दिनु पर्ने कुरा प्रधानमन्त्री समक्ष अनुरोध गर्नु भयो ।
कार्यक्रमको अध्यक्षता नेकपा १ नम्वर प्रदेश कमिटी सदस्य योगेन्द्र मण्डले गर्नु भएको थियो।
Post a Comment