काठमाण्डौ,चैत ३ गते । रातो तारा डट कम,अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) यू–१९ क्रिकेट वल्र्डकप क्वालिफायर एशियाका लागि रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा गरिएको छ । यसअघि यू–१९ का कप्तान आसिफ शेखको स्थानमा रोहितलाई कप्तान चयन गर्दै १८ सदस्यीय टोलीको घोषणा गरिएको प्रशिक्षक विनोद दासले बताउनुभयो । अठार सदस्यीय नेपाली टोलीमा कप्तान पौडेलसँगै आशिफ सेख, पवन सर्राफ, सन्दीप जोरा, भीम सार्की, रवीकुमार साह, रित गौतम, कमलसिंह ऐरी, रसिद खान, सागर ढकाल, कुशल मल्ल, अभिशेक बस्नेत, हरिबहादुर चौहान, प्रतिश जिसी, आकाश चन्द, सूर्य तामाङ, लोकेश बम र शेर मल्ल रहेका छन् । नेपाली टोली वल्र्डकप क्वालिफायरको तयारीका लागि भारत गएर फर्केपछि १४ सदस्यीय अन्तिम टोली घोषणा हुने प्रशिक्षक दासले बताउनुभयो । यू–१९ वल्डकपको एसियन क्वालिफायर खेल आगामी अप्रिल १० देखि २० सम्म मलेसियामा हुनेछ । अभ्यास खेलका लागि आजै नेपाली टोली भारत प्रस्थान गरेको छ ।
Post a Comment