Websoft University

सडक निर्माणको काममा ठेकेदारले ढिला सुस्ती गरेको भन्दै, गाइघाटमा व्यापारीलेडक अवरुद्ध गरे


श्याम राई-उदयपुर,गाईघाट, चैत १२ गते । रातो तारा डट कम, सडक निर्माणको काममा ठेकेदारले ढिला सुस्ती गरेको भन्दै व्यापारीहरुले मंगलबार गाईघाट बजारको मुख्य सडक अवरुद्धगरि पसल बन्द गरेकाछन् ।

गाईघाट–दिक्तेल सडक खण्ड अन्तर्गतको त्रियुगा नदीदेखि मुख्य चौक सम्मको सडक विस्तार र कालो पत्रेको काममा ठेकेदारले ढिलाई गरेको भन्दै स्थानीय व्यापारीहरुले विहान १० बजेदेखि पसल बन्द गरेर सडक अवरुद्ध गरेका हुन् ।

 निर्धारीत समय सकिएर पटकपटक म्याद थप गर्दा समेत ठेकेदारले काम नगरी उपेक्षा गरेको भन्दै उनीहरुले तत्काल काम शुरु नगरे यातायात र बजार पूरै ठप्प पार्ने बताएकाछन्।

त्रियुगा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रमेश विकको नेतृत्वमा मुख्य बजारका व्यापारीहरुले पसल बन्द गरेर सडक अवरुद्ध गेपछि यातायात सेवा पूर्ण रुपमा ठप्प भएको छ ।
सडक भत्काएर लामो समय काम नगर्दा पूरै बजार क्षेत्र धुलोबाट प्रदुषित बनेको व्यापारीहरुले बताएकाछन् ।‘

धुलाम्मे सडकको कारण पसलमा बस्नै समस्या परेको सुन व्यापारी चतुर चौधरीले बताए ।‘ हामीले पटकपटक सम्बन्धित निकायसँग निर्माणको काम अघि बढाउन आग्रह गरेका थियौ  तर हाम्रो माग प्रति व्यवस्था गरियो ।’ मोवाई पसल संचालक ललित नायकले बताए ।

ठेकेदारको लापरवाही विरुद्ध व्यापारीहरुले यस अघि पनि केही समय यातायात अवरुद्ध गरेका थिए । तर अहिले सम्म कुनै सुनुवाई नभएको नायकले बताए ।
सडक निर्माणको काम नहुदा दैनिक चल्ने यातायातको साधनको कारण बजार क्षेत्र पूरै धुलोले पुरिएर मानव स्वास्थ्यमा असर पुग्न गएको वरिष्ठ उपाध्यक्ष विकले बताए ।

त्रियुगा नदीदेखि मूख्य बजार सम्मको झण्डै ५ सय मिटर सडक विस्तार पक्कि नाली र कालो पत्रे गर्ने जिम्मा पाएको ठेकेदार कम्पनीले २०७४ सालको असोज भित्रै काम सक्ने ठेक्का संझौता भएपनि पटकपटक म्याद थाम्दै आएको छ ।



                                                               

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.