{फायल फोटो}
काठमाण्डौ,चैत १२ गते । रातो तारा डट कम,साना नानीहरुलाई बालविकासमा पढाउँदै आएका शिक्षकहरुले आफुहरुलाई सेवा सुविधा राज्यले थोरै दिएर श्रम सोषण गरेकाको गुनासो गरेका छन् । सल्यान कपुरकोटमा आयोजित नेपाल बाल शिक्षकहरुको प्रथम पालिका स्तरिय भेलामा शिक्षकहरुले यस्तो गुनासो गरेका हुन् । उनिहरुले सामान्य मजदुरको भन्दापनि थोरै सेवा सुविधा आफुहरुले पाउँदै आएको बताएका छन् । भेलामा बोल्दै कर्णाली प्रदेश गाउँपालिका महासंघका अध्यक्ष भीम बहादुर सेनले बालविकास शिक्षकहरुको हितका लागि स्थानीय सरकारले कार्यक्रम बनाउनु पर्ने बताउनुभयो । कपुरकोट गाउँपालिकाका अध्यक्ष समेत रहनुभएका सेनले बालविकास केन्द्र शिक्षाको प्रमूख आधार भएकाले स्थानिय सरकारले बालविकास केन्द्रको विकासका लागि आवश्यक पहल गर्ने प्रतिवद्वता समेत जनाउनुभयो । अहिले नेपाल अधिराज्यभरीकै बालबिकास केन्द्रका शिक्षकहरुको तलब सरकारले मासिक रु ६ हजार मात्र दिदैआएकोछ । यने रकम मजदुरको ज्याला भन्दा पनि धेरै कम हो ।
Post a Comment