इटहरी फागुन १७ गते । रातो तारा डट कम,
सुनसरीको इटहरीमा रहेको बिश्व आर्दश स्कुलले आफ्नो २१ औं वार्षीक उत्सव बिभिन्न कार्यक्रम गरि मनाएको छ । प्रबिधिको बिकास गर्दै बिद्यार्थीलाई समय सापक्ष बनाउने उद्धेश्य सहित स्थापना भएको बिश्व आर्दश स्लुलले आफ्नो बार्षीक उत्सव मनाएको हो ।
इटहरी व्यवसायीक केन्द्र मात्र नभएकर शैक्षिक हवको रुपले पनि बिकास भएको कारण शिक्षामा गुणस्तरियता प्रदान गर्न विश्व आर्दश सफल बन्दै गएको स्कुलका प्रन्सिपल गणेस दुलालले बताए । करिब ३ हजारको संख्यामा बिद्यार्थीहरुका छन् भने बिद्यालयले औपचारिक शिक्षा संगै व्यवहारिक शिक्षालाई पनि प्रथमिक्तामा रखेको दुलाले बताए । बिद्यालयमा सगिंत, खेलकुद, योगा लगायतका बिभिन्न छुटाछुटै बिद्यामा पनि कक्षाहरु सञ्चालन हुने गरेको छ ।
बिद्यार्थीहरुलाइृ व्यवहारिक ज्ञानको बिकास गर्दै समाजमा जस्तो सुकै परिस्थितिमा पनि सहभागी हुन सक्ने दक्षता प्रदान गर्न बिश्व आर्दश सफल बन्दै गएको अभिभावकहरुले समेत बताएका छन् । बिद्यालयले आफ्नो बार्षीक उत्सवको अवसरमा बिद्यार्थीहरुको प्रतिभालाई प्रस्तुत गरेको थियो भने प्रदर्शनि समेत गरेको छ ।
कार्यक्रममा समाजका बिभिन्न क्षेत्रमा योगदान दिने व्यक्तित्वलाई समान समेत गरेको छ यसैक्रममा पत्रकारिता क्षेत्रमा योगदान दिएको भन्दै अग्रज पत्रकार याम प्रधान, स्कुल सञ्चालक गणेस श्रेष्ठ र रमेश घिमिरेलाई स्कुलले समान गरेको छ । बिद्यालयले आगामी दिनहरुमा पनि बिभिन्न कार्यक्रम गर्दै जाने बताएको छ ।
Post a Comment