Websoft University

राहत शिक्षक र प्रहरीबीच झडप


काठमाण्डौ,फागुन २० गते । रातो तारा डट कम,नयाँ बानेश्वर क्षेत्रमा राहत शिक्षक र प्रहरीबीच आज झडप भएको छ । प्रस्तावित सङ्घीय शिक्षा विधेयकमा राहत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने व्यवस्था गरिनु पर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका राहत शिक्षकले निषेधित क्षेत्र तोड्न खोज्दा झडप भएको हो । उनीहरूले हिजो पनि प्रयास गरेका थिए । माइतीघर मण्डलबाट नारा जुलुस गर्दै नयाँ बानेश्वर चोक जान खोजेका राहत शिक्षकलाई प्रहरीले निषेधित क्षेत्र भन्दै चोकमा पुग्नबाट रोकेको थियो । शिक्षकले जबरजस्ती गरेपछि प्रहरीले आश्रुग्याँस तथा पानीका फोहोरा हानेका थिए । नेपाल राहत शिक्षक केन्द्रीय सङ्घर्ष समितिका अध्यक्ष खेमराज अधिकारीले प्रहरीले अश्रुग्याँस प्रहार गरेको र केही शिक्षक घाइते भएको जानकारी दिनुभयो । केही दिनयता उनीहरूले राजधानी केन्द्रित आन्दोलन गर्दै आएका छन् । मुलुकभर ४० हजार राहत शिक्षक 
छन् । प्रस्तावित विधेयकमा राहत कोटालाई दरबन्दीमा रूपान्तरण गर्ने र आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने व्यवस्था गर्नुपर्ने माग उनीहरूको रहेको छ । शिक्षा मन्त्रालयको प्रस्तावित विधेयक हाल अर्थ मन्त्रालयमा विचाराधीन अवस्थामा छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.