काठमाण्डौ,फागुन २१ गते । रातो तारा डट कम,पाकिस्तानका प्रधानमन्त्री इमरान खÞानले शान्तिका लागि नोबेल सम्मान पाउनका लागि अयोग्य रहेको बताउनुभएको छ । भारतीय वायुसेनाका पाइलट विंग कमान्डर अभिनन्दन वर्तमानलाई सकुशल भारतलाई फिर्ता गरेपछि पाकिस्तानमा इमरान खÞानलाई नोबेलको शान्ती सम्मान दिलाउनले अभियान सुरु गरिएको छ ।
इमरान खÞानले भने आफू नोबेलको शान्ती सम्मान पाउनका लागि योेग्य नभएको बताउनुभएको छ । उहाँले काश्मिरका नागरिकको इच्छा अनुसार काश्मिर विवाद समाधान गर्न र परै महाद्वीपमा शान्ती र मानवताको विकासको लागि बाटो बनाउन आग्रह गर्नुभएको छ ।
Post a Comment