काठमाण्डौ चैत ६ गते । रातो तारा डट कम,होलीलाई लक्षित गरेर काठमाडौं प्रहरी परिसरले विशेष सुरक्षा योजना लागू गरेको छ । इच्छा विपरित रंग वा लोला हाने पक्राउ गरेर मुद्दा चलाउने तयारी सहित सुरक्षा योजना लागू गरिएको हो ।
जिल्ला सुरक्षा समितिको बैठकले होली पर्वलाई लक्षित गरेर यस्तो सुरक्षा योजना पारित गरेसँगै प्रहरीले सोही अनुरुप तयारी गरेको जनाएको छ । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले अभद्र तरिकाले होली खेलिएको पाइए तत्काल पक्राउ गरेर हिरासतमा राखिने बताउनुभयो ।
लामाले कसैले इच्छा विपरित रंग दलेको खण्डमा वा लोला हानेको अवस्थामा प्रहरी कन्ट्रोल १०० मा खबर गर्न पनि सर्वसाधारणलाई आग्रह गर्नुभएको छ । होलीको दिन काठमाडौंमा मात्रै १७ सय ११ जना प्रहरी अधिकारी फिल्डमा खटिने पनि उहाँले जानकारी दिनुभयो ।
Post a Comment