काठमाण्डौ,बैशाख १० गते । रातो तारा डट कम,नवीकरणीय ऊर्जालाई प्रवर्धन गर्ने उद्देश्यले विश्व बैँकको सहयोगमा नेपाल सरकारले नयाँ परियोजना सार्वजनिक गरेको छ । परियोजना अन्तर्गत ग्रामीण भेगका १ लाख २६ हजारलाई नवीकरणीय ऊर्जा प्रदान गरिने छ । साना तथा मझौला जलविद्युत् आयोजना तथा सौर्य ऊर्जा मार्फत व्यापार व्यवसायमा समेत सहयोग पु¥याउने जनाइएको छ । निजी क्षेत्रको सहकार्यमा नवीकरणीय ऊर्जाको प्रवर्धका लागि सरकार र विश्व बैँकबीच समझदारी भएको हो ।
Post a Comment