Websoft University

सरगमाथा विमान स्थल निर्माणको काम चाँडै शुरु हुने


श्याम राई÷उदयपुर,गाईघाट,बैशाख ७ गते । रातो तारा डट कम,गाइघाट, प्रदेस नम्बर १ का उद्योग पर्यटन तथा वन तथा बाताबरण मंत्री जगदिस कुसैतलेउदयपुरको जोगिदहस्थीत प्रस्तावित सरगमाथा विमान स्थल तिन वर्ष भित्र निर्माण सम्पन्न हुने बताएकाछन् । मंत्री कुसैतले शनीबार प्रस्तावित विमान स्थलको स्थलगत अवलोकनपछि आयोजित अन्तरक्रिय कार्यक्रममा विमान स्थल निर्माणको काम चाँडै शुरु हुन लागेको र निर्धारीत ३ वर्ष भित्र सम्पन्न गरिसक्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले अब विमान स्थल निर्माणको लागि आवश्यक बजेट प्रदेस र संघिय सरकारबाट व्यवस्था हुन लागेको समेत बताए ।‘ विमान स्थल निर्माणको लागि प्रधान मंत्री ओलीबाट समेत पूर्ण आश्वासन पाएको बताउदै उनले विमानस्थल निर्माणको लागि आवश्यक रकम आउदो बजेटबाट व्यवस्था गरिने बताए ।

उनले सबै राजनीतिक दल, जन प्रतिनिधि, प्रदेस सांसद र स्थानीय बासिन्दाको पूर्ण सहमतीबाट विमान स्थल निर्माणको काम हुन लगेको बताए । उदयपुरको क्षेत्रन १ का प्रदेस सांसद हिमाल कार्कीले वन कार्यालयले अवरोध गरेको कारण विमान स्थल निर्माणको काममा ढिलाई भएको बताए । सबै काम पूरा भएर पनि हामीले विमान स्थल बनाउन सकेनौ ।’

उनले भने । ‘ वन कार्यालयले विभिन्न वहानामा काम अघि बढ्न दिएन । त्यसैले निर्माणको काममा ढिलाई हुन गयो ।’ उनले भने । अब हामीले स्थलमा निरीक्षणको लागि मंत्रीलाई ल्याएका हौ ।’ उनले भने । सबै दल, जन प्रतिनिधि सबैको सहमती भएकोले निर्माणको काममा कसैले कुनै पनि वहानामा विमान स्थल बनाउनमा अवरोध गर्नु हुदैन ।’ उनले भने ।

अर्का सांसद विमल कार्कीले उदयपुरमा विमान स्थल नहुदा विराटनगर र जनकपुर विमान स्थलबाट उदयपुरका दैनिक ७० जना विमान चढेर काठमाडौं जाने गरेको तथ्य सार्वजनिक गर्दै चाँडो भन्दा चाँडो प्रस्तावित विमान स्थल निर्माणको काम शुरु हुनु पर्ने बताए ।‘ अब विमान स्थल निर्माणको काममा कुनै ढिलाई गरिनु हुन्न ।

वन कार्यालयको असहयोगले विगत १२ वर्षदेखि विमान स्थल निर्माणको काम हुन सकेको छैन ।’ उनले भने । विकासको लागि सामान्य केही रुख काट्दैमा आकासै खस्छ भन्नु को कुनै तुक छैन । अब चाँडो विमान स्थलको काम शुरु गर्नु पर्छ ।’ उनले भने । त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले उदयपुरको समग्र विकासको लागि विमान स्थल चाँडो भन्दा चाँडो बन्नु पर्ने बताए ।‘

हरेक दृष्टिकोणले उदयपुर विमान स्थल बन्न जरुरी छ । पूर्वी क्षेत्रको अन्य विमान स्थलको तुलनामा बन्न लागेको प्रस्तावीत विमान स्थलको निकै महत्व छ ।’ उनले भने सबै राजनीतिक दलको एकमत हुदा हुदै पनि लामो समयदेखि विमान स्थल बन्न नसक्नु निकै दुखदायी भएको उनले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.