मोरङ, चैत्र २२ गते । रातो तारा डट कम,मोरङको पथरी-शनिश्चरे नगरपालिका-१ बाट प्रहरीले लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । लागूऔषध सहित सोही स्थान बस्ने बर्ष ३३ को जगत गुरुङलाई पक्राउ गरेको हो । गुरुङले घरमा लागूऔषध लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले खान तलासी गर्ने क्रममा लागूऔषध डाइजेपाम-१० एम्पुल, लुपिजेसिक- १० एम्पुल, फेनारगन-१० एम्पुल र सिरिन्ज-१ थान फेला पारेको थियो । पक्राउ परेका गुङलाई इलाका प्रहरी कार्यालय पथरीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
Post a Comment