Websoft University

विश्व शान्तिको लागि ‘पीस रोड ¥याली’ धार्मिक र जातीय बिभेदको अन्त्यको लागि पीस रोड


काठमाडौं चैत्र २६ गते ।  रातो तारा डट कम,विश्वमा शान्ति स्थापनामा सहयोग र्पुयाउने उद्देश्यले मङलबार राजधानीमा शान्ति ¥याली निकालिएको छ । शान्तिका लागि कार्यरत संस्था युनिर्भसल पिस फेडेरसन नेपालको आयोजना गरेको ¥यालीको राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले नेपालको झन्डा तथा पीस रोडको झन्डा सहभागीहरुलाई हस्तान्तरण गरेर उद्घघाटन गरे । 

काठमाडौंको नारायण चौरबाट सुरु भएको पीस रोड नक्सालको परिक्रमा गरि सोही स्थानमा आएर समापन गरिएको कार्यक्रम संयोजक पूर्व सभासद मिलन कुमारी राजबंशीले जानकारी दिईन् । 

विश्वमा भएका धार्मिक र जातीय विभेदको अन्त्य गर्दै सद्भावसहित शान्ति कायम गर्ने उद्देश्यले ¥याली निकालिएको हो । ¥यालीमा विभिन्न दलका सांसद, सामाजिक अभियन्ता, शान्तिदूत, शिक्षक, विद्यार्थीलगायतको उल्लेख्य  सहभागीतन  रहेको थियो ।

उद्घाटन पछि बोल्द्र साँसद बिडारीले शान्तिको जुन देशले जहाँबाट  उठाएपनि यो पबित्र कार्य रहेको उल्लेख गदै भगवान बुद्ध नेपालमा जन्मेर जसरी शान्तिको कुरा बिश्वमा फैलाए र बौद्ध धर्म स्थापना  गरे । त्यसैगरी फादर मुनले कोरियाबाट संसारभरमा शान्ति छाओस भनेर बिबिन्न कार्यक्रमहरु गरिरहेको बताए । 

सांसद बिडारीले  संसारलाई जोडने एउटा मात्र सेतु बाटो रहेको उल्लेख गदै बाटो कहिल्यै अन्तय नहुने बताए । उनले यस्या शान्तिलाई प्रोत्साहित गर्ने कार्यक्रमहरुले समाज र राष्ट्रलाई मार्ग निर्देशन गर्ने बताए।

बिश्व शान्ति तथा एकिकृत परिवार संघ नेपालका अध्यक्ष सन्तोष कुमार पौडेलले विश्वमा शान्ति स्थापर्नाको लागि सहयोगी सिद्ध हुने र शान्तिभूमि नेपाल को विश्व मा परिचीत गराउनको लागि पनि मद्धत पुग्ने बताए ।  

कार्यक्रम संयोजक पूर्व सासद मिलन कुमारी राजबंशीले बिश्वको हरेक क्षेत्रमा अशान्ती बढीरहेको सन्दर्भमा शान्ति ¥यालीको माध्यबाट सबैलाई एउटै मालमा बाध्न सधाउने बताईन । कार्यक्रमा वल्र्ड कार्प नेपालका अध्यक्ष रुपसिँह भण्डारी लगायतले बोलेका थिए । 

सो कार्यक्रमको संञ्चालन प्रकाशबाबु थापाले गरेका थिए । सो अवसरमा गायिका प्रास्ना पाष्डे गीत गाएर सहभागीहरुलाई उत्साह भरेकी थिईन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.