Websoft University

रासस १ नम्वर प्रदेशस्तरीय तीन दिने प्रशिक्षण आज बाट बिराटनगरमा सुरु



काठमाण्डौ बैशाख ९ गते । रातो तारा डट कम,राष्ट्रिय समचार समिति रासस १ नम्वर प्रदेशस्तरीय तीन दिने प्रशिक्षण आज बाट बिराटनगरमा सुरु भयो ।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश नम्वर १ का मुख्य मन्त्री शेरधन राईले प्रदेशस्तरीय पत्रकारीता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै, सरकारले संनचालन गरेको रासस बिगतमा निकै अस्तव्यस्त भए पनि पुरा सोच बिचारलाई बदल्दै निजी क्षेत्र संग प्रतिशप्रदि हुने गरी यसको बिकासमा सहयोग गर्नु पर्ने धारणा राख्नु भयो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव गोपाल प्रसाद पराजुलीले अहिले प्रदेश सरकारले यो प्रशिक्षणका लागि पनि रु ६ लाख रकम छुट्याएर सहयोग गरेकोछ भने अन्य पत्र पत्रिका पत्रकार पुरस्कार सहयोग र सबै संग सहकार्य गद,ै प्रदेश सरकारले आफ्नै प्रदेशबाट राजपत्र समेत छपाई गर्न थालेको बताउनु भयो ।

राससका कार्यकारी अध्यक्षले हरीहर अधिकारीले रासस पुरानो संस्था भएकाले केन्द्रिय बजेटबाट चलेको भए पनि प्रदेश सरकारले पनि यसको बिकासमा सहयोग गर्नु पर्ने भएको बताउनु भयो । सरकारले राससलाई खारेजी होइन अगिबढ् सहयोग गर्नु पर्ने भन्दै,आगामी दिनमा बेजिङ्ग दिल्लीमा पनि रासस प्रतिनिधि राख्ने कुरा गर्दै,यि छाडा अनलाइन हरुले राससलाई अहिले समस्यपारेको समेत बताउन भ्याउनु भयो ।

मोरग जिल्ला बिकास संमन्वय समितिका संयोजक नरेस पोखरेलले पत्रकारहरुलाई पुर्नताजकी यस प्रशिक्षणबाट हुने भन्दै, कार्यक्रम सफलताको शुभ कामना दिनु भयो ।

नेपाल पत्रकार महासंघ १ नम्वर प्रदेश अध्यक्ष बिक्रम लुइटेलले आफ्नो भनाइ राख्नु हुदै प्रदेश सरकारले यो वर्षबाट स्थानिय पत्रपत्रिका अनलाई सन्चारमाध्यामहरुलाई पनि सहयोग गर्नु पर्ने भन्दै, कार्यक्रम सफ्ताको शुभकामना दिनु भयो ।

कार्यक्रम रासस १ नम्वर प्रदेश कार्यलय बिराटनगरका प्रमुख मम्हद सदरुलको अध्यक्षतामा भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.