Websoft University

चिकित्सकको आन्दोलनका कारण करिव ३ लाख बढि नागरिकले स्वास्थ्य सेवा पाउनबाट आज पनि बञ्चित हुने


काठमाण्डौ चैत २५ गते । रातो तारा डट कम,कर्मचारी समायोजनको विरोधमा सरसकारी चिकित्सकले आन्दोलनका प्रभावकारी वनाउदै आज सरकारी अस्पतालमा दिने सेवा ठप्प पार्ने भएकोछन ।

सरकारी चिकित्सक संघले आपत्कालिनबाहेक सबै सेवा बन्द पारी आन्दोलनमा उत्रेपछि अस्पतालको ओपिडी, महिनौँअघि तय भएका अप्रेसनहरु समेत प्रभावित भएका छन् । 

कर्मचारी समायोजनका क्रममा सरकारले डाक्टरलाई संघ, प्रदेश र स्थानीय तहमा खटाएको छ । तर, प्रदेश र स्थानीय तहको दरबन्दीमा जान डाक्टरहरूले अस्वीकार गर्दै आन्दोलनमा उत्रेका छन् । 

संघीय सरकारअन्तर्गत नै राखेर आफूहरूलाई प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्ने माग राखेर शुक्रबारदेखि नै डाक्टरहरु आन्दोलनमा छन् । 

अस्पतालमा सेवा बन्द हुँदा, देशभरी दैनिक करिव ३ लाख बढि नागरिक स्वास्थ्य सेवा पाउनबाट बञ्चित हुने भएका छन् ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.