Websoft University

नगर प्रमुख ज्ञानेन्द्र कुमार श्रेष्ठले मेडिकल कलेज खोल्न माग गर्दै,प्रधान मंत्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाए


श्याम राई-उदयपुर,गाईघाट,बैशाख ४ गते । रातो तारा डट कम,उदयपुरको कटारी नगरपालिका क्षेत्रमा मेडिकल कलेज खोल्न माग गर्दै नगर प्रमुख ज्ञानेन्द्र कुमार श्रेष्ठले सोमबार प्रधान मंत्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएकाछन् ।

मेडिकल कलेज खोल्न आबश्यक जग्गा निशुल्क उपलब्ध गराउने नगरपालिकाको निर्णय सहित मेयर श्रेष्ठले प्रधान मंत्री ओलीलाई बालुवाटारमा भेटेर ज्ञापन पत्र बुझाएका छन् ।

नेपाल कम्युनिष्ट पाटीका प्रदेश सचिब तथा उदयपुर क्षेत्र न. २ का प्रतिनिधि सभा सदस्य सुरेश कुमार राई, नगर क्षेत्रका राजनीतिक दलका प्रतिनिधि सहितको टोली लिएर मेयर श्रेष्ठ प्रधान मंत्री कहा पुगेर मेडिकल कलेजको लागि आवश्यक पूर्वाधारको व्यवस्था गरिसकेको जानकारी दिएका थिए ।

जिल्लाको ८ वटा स्थानीय तह मध्ये कटारी सहित बेलका, चौढण्डीगढी र अन्य चार वटा गाउँपालिकाले समर्थन गरिसकेको मेयर श्रेष्ठले बताए । ‘मेडिकल कलेजको लागि हामीसँग प्रशस्त सरकारी जग्गा छ । यो क्षेत्रको लागि अति आबश्यक रहेकोले प्रधान मंत्रीसँग मेडिकल कलेज खोल्न माग गरेका हौ ।’ मेयर श्रेष्ठले भने ।

उनले मेडिकल स्थापना भए सोलु, ओखलढुंगा, खोटाङं, सिराहा, सप्तरी, धनुषा, महोत्तरी जिल्लालाई समेत पायक पर्ने बताए ।

मेयर श्रेष्ठले मेडिकल कलेज स्थापना सति नगर क्षेत्रलाई औधोगिक करिडोरको रुपमा विकसीतगरि एयरपोर्ट निर्माणको लागि प्रधान मंत्रीसँग माग पत्र पेश गरेको उप–मेयर भिम कुमारी राउतले बताईन् ।

कटारी नगरपालिकाले गत पौष २८ गतेको नगर परिषदले कटारी बजारमा मेडिकल कलेज स्थापनाको लागि चिकित्सा अध्ययन र स्वास्थ्य मंत्रालयसँग माग गर्ने निर्णय गरेको थियो ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.