Websoft University

मेयरले बिसनपुरमा औद्योगिक ग्राम निर्माणका लागि ६८ बिगाहामा गरे शिल्यान्यास


श्याम राई-गाईघाट,चैत १९ गते । रातो तारा डट कम, उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित बिसनपुरमा औद्योगिक ग्राम निर्माणका लागि मंगलवार शिल्यान्यास गरिएको छ । 

त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले बिसनपुरको ६८ बिगाहा क्षेत्रफलमा सौर्य उर्जा उत्पादन, कृषि अनुसन्धान केन्द्र, फोहोर मैला ब्यवस्थापन तथा आधुनिक प्रशोधन केन्द्र र साना तथा लद्यु उद्यम केन्द्र स्थापनाको लागि औद्योगिक ग्रामको शिल्यन्यास गरेका हुन् । 

सो नवनिर्मित औद्योगिक ग्राममा अस्पताल, बिद्यालय, खेल मैदान, खानेपानी सहितको संरचना निर्माण हुने छ । गाईघाट बजार तथा तरकारी बजारबाट उत्पादित फोहोरलाई आधुनिक तरिकाले मल तथा अन्य सामान उत्पादन गर्ने लक्ष्य राखेको नगर प्रमुख चौधरीले बताए ।

 त्रियुगा नगरपालिकाले नगर क्षेत्र भित्र करिब १ हजार बिगाहा भन्दा बढी सार्वजनिक जग्गा पहिचान गरि संरक्षणको अभियान थालनी गरेपछि उक्त अभियान शुरु गर्न लागेको हो । 
त्यस्तो सार्वजनिक जग्गामा आवश्यकता अनुरुप उद्योगहरु स्थापना गर्दैै लैजाने योजना रहेको नगर प्रमुख चौधरीले जानकारी दिए । नगरपालिकाले त्रियुगा सभ्यता र बिकासको अभियान थालि सकेको छ । त्रियुगा कोरिडोर निर्माण हुदैछ, त्रियुगा नदि नियन्त्रणका लागि ६ अरब ८४ करोडको डिपिआर निर्माण भई काम प्रारम्भ भई रहेको नगर प्रमुख चौधरीले बताए । 

औद्योगिक ग्राममा बिसनपुरबासीलाई पहिलो प्राथमिकता राखेर रोजगारी दिने चौधरीले बताए । बिकासको अभियान सञ्चालन गर्दा स्थानीयबासीसँग सहकार्य र समन्वय गरेर काम गछौं, नगर प्रमुख चौधरीले भने । औद्योगिक ग्राम निर्माण हुने स्थान बिसनपुरबासीलाई फोहोर ब्यवस्थापनको लागि अबलोकन भ्रमणमा धनकुटा लैजाने र त्यहाँको अनुभव आदान प्रदान गरिने बताए । 

औद्योगिक ग्रामको नाममा बिसनपुरको कोही पनि बिस्थापित हुन नपर्ने र हरेक घरलाई रोजगारीको ग्यारेण्टी गरिने उनले प्रतिबद्धता व्यक्त गरे । नगरपालिकाले त्रियुगा नदिलाई कन्चन, स्वच्छ बनाउन यहि चैत ३० गतेबाट नदि सफाई अभियान शुरु गर्न लागेको छ । उक्त दिन त्रियुगाको कालीखोलाबाट बिसनपुर सम्म १ हजार मानिसको उपस्थिति गराई नदि सफाई अभियान थालनी गरिने लक्ष्य रहेको छ । 

त्यैसगरि त्रियुगा नदि नियन्त्रणसँगै नदिको दुवै किरानामा निर्माण हुने बाँध माथि हरियाली ब्यवस्थापन गरिन छ । 
मेयर चौधरीले हावाहुरीले ठुलो क्षति पु¥याई मानबिय धन जनको क्षतिलाई सम्वेदना प्रकद गर्दै त्रियुगा नगरपालिकाको जनप्रतिनिधिहरुले एक दिनको पारिश्रामिक र कर्मचारीले एक दिनको तलब गरि १ लाख भन्दा बढी रकम हावाहुरी पिडित परिवारलाई सहयोग गर्ने घोषणा गरे । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.