काठमाण्डौ चैत २१ गते । रातो तारा डट कम,जाजरकोटको बारेकोट गाउँपालिका–२, रोकायगाउँमा तीन सय घरपरिवार शुद्ध पानीबाट वञ्चित भएका छन । शुद्ध पानीको अभाव भएपछि उनीहरू दूषित पानी पिउन हाल उनिहरु बाध्य छन् ।
दूषित पानी प्रयोगका कारण रोकायगाउँका करिब एक हजार व्यक्ति झाडापखाला, आउँ, जुका लगायत रोगको प्रकोपको जोखिममा पर्ने गरेको कुरा स्थानिय संन्चार माध्यामहरुले जनाएकाछन ।
रोकायगाउँस्थित जनता आधारभूत विद्यालयका दुई सय विद्यार्थी पनि शुद्ध पिउने पानीबाट वञ्चित भएका छन । स्रोत तथा मुहान अभावमा बारेकोट २ को रोकायगाउँ, बिउरी, मुग्रेगाउँ, गैरागाउँ, अयर्ना, भुरारा, ढाडदारा, लिम्सा, बुढागाउँलगायत बासिन्दालाई खानेपानीको समस्या भएको हो । वर्षौंदेखि यहाँका बासिन्दा शुद्ध पिउने पानीको सुविधाबाट वञ्चित भएको वडाध्यक्ष कर्णे कामीले बताउनुभयो ।
Post a Comment