Websoft University

धरान सभा गृहको सभा हलको बेहाल–अहिले सभा हल संरक्षणको पर्खाइमा


धरान चैत २६ गते । रातो तारा डट कम, सुनसरी धरान उपमहानगरपालिका वडा नम्वर ८ भोटेपुल नजिकै रहेको धरानमा  रहेको सभा गृह भीत्रको सभा हल नगरपालिकाले मर्मत संम्हार र संरक्षण नगर्दा अहिले बेहालभएछ ।

हाम्रो श्वर संगम परिवारले सो हलमा चैत्र २३ गते भव्य पुरस्कार बितरणको कार्यक्रम राखेको थियो,सो कार्यक्रम हेर्न पुगेका दर्शकहरुले घरि घरि हलको छानो तिर हेर्थे,माथिबाट केहि टाउको खस्ने हो कि? भनेर इास्की रहेको देख्नपाइन्थ्यो हल सबैतिर भत्किन थाली सकेको छ।

राष्ट्रिय कलाकारहरुले फेरी यस्तो ठुलो कार्यक्रमको आयोजना गर्दा यो हलको छानोतिर दर्शकले हेरिरहनु नपरोस यो धरानको पैचान धरोहर पनि हो, छिटै यसको धरान उपमहानगपालिकाले मर्मत समंभार गरोस, बनाइ दियोस कलाकार हरूले भनेकाछन ।

स्थानिय बासी अम्वर बिश्वकर्माले दिएको जानकारी अनुसार पहिला फुटवल खेल्ने मैदान थियो पछि यहाँ सभा हल बन्ने भयो बनो पनि खास गरी यसको क्षेत्रफल २–९–०, भए पनि नपाले खोजि नगर्दा केहि जमिन मिचिएकोछ भन्दै,अहिले यहाँ नगर प्रहरी बसे पनि नगरपालिकालाई जानकारी नगाराएकोमा भने उनले दुखेसो गरे ।

त्यसैगरी स्थानिय बासी अम्वर बिश्वकर्मा,मेघ राज लामा,महम्द जैनउल,समेतल यत्रो ठुलो धरानको सभाहल आउने बाटो छेउतिरको नालामा सबैले आफनो घरको दिसा पिसाव डाइरेक्ट नालाबाटै बगाइरहेका छन यो नगरपालिकाले छिटो बन्दै गर्नु पर्छ भन्दै,धरान सभाहलको मर्मत छिटो धरान उपमहानगरपालिकाले गरोस भन्नु भयो ।

अहिले सभाहलको प्रागणमा थोत्रा गाडि राखिएको सरसफाइमा ध्यान नदिएको, भीत्री भागको छानो प्वालै प्वाल भएको ट्वाइले दुर्गन्धले पस्नै नसकिने भएको जतात्तै पानी इारिरहेका देखियो । यो हल धरान नगरपालिकाले छिटो मर्मत गरोस भन्ने हाम्रो पनि आग्रह रहेकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.